0
गोल्डेन न्यूज संवाददाता
आउँदो मार्चको अन्तिम साता जापानको टोक्योमा हुने यु–१२ कोपा पुमा टोरेरोज–२०१६ अन्तर्राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगितामा सहभागिताका लागि कास्कीका खेलाडी छनौट कार्य जारी छ । सोमबार गरिएको तेश्रो चरणको छनौंट खेलबाट यहाँका २३ खेलाडी छानिएका छन् । छनौटमा पर्ने खेलाडीहरुमा निरज थापा, साकार थापा, नमस मगर, अनमोल थापा, विशाल थापा मगर, प्रशान्त गुरुङ्ग, मनोज नेपाली, नमित खत्री, अबिरल थापा, सफल गुरुङ्ग, प्रकाश नेपाली, पुष्प भट्टराई, प्रसन्न श्रेष्ठ, मनोज जलारी, प्रवेश चौधरी र कुशल परियार रहेका छन् । 
कास्की जिल्ला फुटवल संघको समन्वयमा भएको छनौट प्रतियोगिताबाट छानिने अन्य खेलाडीहरुमा समुन्द्र सुबेदी, प्रमेश गुरुङ्ग, रोशन थापा, सचिन गुरुङ्ग, विकल थापा, अस्मित गोर्खाली र गणेश विक रहेका छन् । छनौट भएका खेलाडीहरुलाई थप प्रशिक्षण दिइ जापानका लागि अन्तिम १३ जना खेलाडी छानिने छन् । छनौंट प्रशिक्षकमा राजेन्द्र तामाङ्ग, शम्भु केसी र प्रताप शैंजु रहेका छन् ।  अन्तिम छनौटमा पर्ने खेलाडीहरुलाई जापान जाने आउने व्यवस्थापन बाल फुटवल विकास सहयोग समिति, टोक्यो जापानले मिलाउने छ । समितिको संयोजकमा शरद कुमार गौचन, सह–संयोजक प्रकाश तुलाचन र सदस्यहरुमा नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी बसन्त गौचन, बुद्धि गौचन र तिलक मल्ल रहेका छन् । प्रतियोगितामा नेपाली खेलाडीहरुको सहभागिता खर्चको चाँजोपाँजो मिलाउन समितिले जापानमा विभिन्न च्यारिटि कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।



Post a Comment

 
Top