0
हरि पन्त
लान्यस क्ल्व अन्तर्राष्ट्रिय  ३२५ बी १ नेपालको न्यानो कपडा संकलन एवं वितरण अभियान तीव्र रुपमा अघि
बढेको छ । विशेषगरि भूकम्पपीडितका लागि संचालन गरिएको यस अभियानमा डिष्ट्रिक्ट ३२५ बी १ मा आवद्ध लायन्स क्लवहरुले खुलेर सहयोग एवं समर्थन गरेका छन् । डिष्ट्रिक्ट ३२५ बी १ मा आवद्ध क्लवलहरुले एकल तथा संयुक्त रुपमा न्यानो कपडा लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितकै हातमा प्रदान गरेका छन्। यो अभियान संचालन भएको करिब १ महिनामा ६० लाख बराबरको कपडा संकलन भएको र भूकम्प पीडितलाई वितरण गरिसकेको डिष्ट्रिक्ट गर्भनर ध्रुवबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनले यस अभियानका लागि भूकम्पपीडितको नाममा डिष्ट्रिक्टकै सबैभन्दा धेरै सहयोग जुटेको बताए । उनले लायन्सबाट हुने जुनसुकै सहयोग भएपनि भूकम्पपीडित केन्द्रित गर्न उनले सबै लायन्सहरुलाई आग्रह गरेका छन् । गभर्नर थापाले नेपालको भूकम्प पीडितका लागि ४५ करोड रुपैयाँ अन्तर्राष्ट्रिय लायन्सबाट प्राप्त भएको बताए । उक्त सहयोगबाट १५ हजार भूकम्प प्रतिरोधात्मक घरहरु र ४० वटा विद्यालयका भवन बनाइने उनले स्पष्ट पारे ।
यसैबीच नेपालमा क्रियाशील ४ वाटै डिष्ट्रिक्टका गभर्नर सहित नेपालभरका सबै लायन्सहरुको जमघट हुने भएको छ । आगामी फाल्गुन १ गते चितवनको सौराहामा उक्त जमघट हुने बताइन्छ । उक्त कार्यक्रममा मुलुकभरका करिब ६ हजार लायनहरु सहभागी भइ मुलुकको वर्तमान अवस्था र लायन्सले गर्न सक्ने सहयोगको बारेमा सामूहिक छलफल हुने बताइन्छ । यसैगरी ३२५ बी १ लायन्स क्लवको तेस्रो क्याविनेट मिटिङ थाइल्याण्डको बैंककमा हुने भएको छ । कार्यक्रममा सहभागी हुने लायनहरुले यहि माघ १७ गतेसम्म नाम दर्ता गरिदिन गभर्नर थापाले आग्रह गरेका छन् ।
 यसैबीच गोर्खा मुच्चोकका भूकम्पपिडीतलाई न्यानो कपडा वितरण गरेको छ । मुच्चोक गा.वि.स. वडा नं. ६ कुसुण्डेका भूकम्प प्रभावित २१५ परिवारलाई बुधबार कम्बल, स्वीटर, पछ्यौरा, जुत्ता लगायतका न्यानो कपडा वितरण गरिएको डिष्ट्रिक्टको न्यानो कपडा वितरणका गण्डकी संयोजक दुर्गाप्रसाद हुमागाईले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । 
चिसोबाट प्रभावित भूकम्प पीडितलाई लक्षित गरी संचालिन अभियान अन्तर्गत उक्त कपडा वितरण गरिएको हो । डिष्ट्रक्टका फस्ट लेडी तथा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष  मिलन थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुच्चोक गा.वि.स. वडा नं. ६ कुसुन्डेका वृद्धवृद्धा र बालबालिकालाई कम्बल, स्वीटर, पछ्यौरा लगायतका न्यानो कपडा वितरण गरिएको हो ।  भूकम्पबाट प्रभावित मुच्चोक कुसुन्डे गाउँका अधिकांश घर भत्किएका छन । अवसरमा करिब ५ लाख रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले जानकारी दिए । उक्त कपडाका लागि एक लायन्स एक न्यानो कपडा अभियान अन्तर्गत गण्डकी र धौलागिरी क्षेत्रका लायन्स क्लब, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त भएको उनले बताए । 
डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट एडभाइजर बिमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष सीता पाण्डे, पूर्व अध्यक्ष दिन कुमारी शर्मा, सेती गण्डकी लायन्सका अध्यक्ष मिलन थापा, सप्त गण्डकी लायन्सका अध्यक्ष अन्जु कर्माचार्य ले सहयोग गरेका थिए । 
डिष्ट्रिक्टका मिडिया को–अर्डिनेटर सुदीपराज ढुङ्गानाले दिएको जानकारी अनुसार डिष्ट्रिक्टको एक लायन्स एक न्यानो कपडा अभियान सशक्त ढङ्गले संचालन भएको र धेरै भूकम्प पीडितले राहत महसूस गरेका छन् । उनले यो अभियान अझै जारी रहने र थुप्रै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।


Post a Comment

 
Top