0
गोल्डेन न्यूज संवाददाता
चिल्डे«न–नेपाल पोखराले गोर्खा जिल्लाको खरीबोट गा.वि.स.का भूकम्पबाट क्षतिग्रस्त भएका पाँच सामुदायिक विद्यालयलाई जस्ता पाता वितरण गरेको छ । इन हर्ज फ्युर किन्डर जर्मनीको सहयोगमा स्थानीय विद्यालय तथा जिल्ला शिक्षा कार्यालय गोर्खाको सिफारिस बमोजिम भानु ज्योति नि.मा.वि., बौद्ध हिमाली, वालाङ्ग प्रा.वि., स्यार्तन नि.मा.वि.  र प्रभा मा.वि. लाई गरी कुल ५३ बण्डल जस्ता पाता चिल्डे«न–नेपाल पोखराले हस्तान्तरण गरेको हो । स्यार्तन नि.मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि ढकालको सभापतित्व तथा चिल्डे«न–नेपालका अध्यक्ष रामबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले भुकम्पको पिडामा रहेका विद्यालयहरूको पिडामा साथ दिन पाउँदा आफूहरू गौरवान्वित भएको बताए । संस्थाका संस्थापक सदस्य एवं उच्च माध्यामिक शिक्षा परिषदका निवर्तमान सदस्य सचिव भीमलाल गुरुङले चिल्डे«न–नेपालले आफ्नो स्थापना देखि नै सरकारी संरचनासँग समन्वय र सहकार्य गर्दै शैक्षिक उन्नयनमा राज्यलाई सहयोग पु¥याउँदै आएको बताए ।
उनले प्राप्त सहयोगलाई सम्बन्धित विद्यालयले उच्चतम सदुपयोगमा ल्याउन पर्नेमा जोड दिए । चिल्डे«न–नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले विद्यालयको भौतिक निर्माण मात्र नभई सामाजिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि समेत योगदान गर्न चिल्डे«न–नेपाल सदा तत्पर रहेको बताए । स्थानीय समाजसेवी यमनाथ भट्टले भूकम्पले क्षत विक्षत भएको खरीबोट बासीहरूको मनलाई जस्तापाता सहयोग मार्फत चिल्डे«न–नेपालले मलम लगाउन सक्षम भएको भनाइ राखे । सदरमुकाम देखि अत्यन्तै दुरदराजमा रहेको आफ्नो गा.वि.स. मै राहत स्वरुप जस्ता पाता लिएर आएकोमा खुशी व्यक्त गर्दै विद्यालयका शिक्षक विद्यार्थी तथा स्थानीय समाज सेवीहरूले चिल्ड्रेन–नेपालका प्रतिनिधीहरूलाई फूल र खादाले स्वागत गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा स्यार्तन नि.मा.वि.का शिक्षक सरोज अधिकारी, दिलिप धिताल, चिल्डेन नेपालका संस्थापक सदस्य भीमलाल गुरुङ, कार्यसमिति कोषाध्यक्ष शान्त पौडेल, कर्मचारी शिवशर्मा चापागाई र शारदा शर्माको संस्थाको तर्फबाट उपस्थिति रहेको रमेश सुवेदीले जानकारी दिए  ।











Post a Comment

 
Top