0
नेपाली काँग्रेसको अधिवेशनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले सबै जिल्लाका निर्वाचन अधिकृतको सूचीलाई अन्तिम रुप दिएको हो । काठमाडौंबाट नजिक र विवाद नभएका जिल्लाका निर्वाचन अधिकृत अल्ली ढिला गए पनि टाढा र बढी विवाद भएका जिल्लाका निर्वाचन अधिकृत भने आजभोलि नै तोकिएको स्थानमा जाने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 
केन्द्रीय निर्वाचन समितिले शनिबार प्रकाशित गरेको सूचीअनुसार ताप्लेजुङमा ईन्द्रदेव ठाकुर, पाँचथरमा उत्तम पौडेल, इलाममा देवेन्द्र कोइराला, झापामा पुनमकुमार गुप्ता, सङ्खुवासभामा कृष्णप्रसाद दाहाल, तेह्रथुममा बालुकुमार कटुवाल, भोजपुरमा पिकम राई, धनकुटामा भरतबहादुर थापा, सुनसरीमा सिताराम राई, खोटाङमा दामोदर गौतम, ओखलढुङ्गामा लोकेन्द्रबहादुर बम, उदयपुरमा डिल्ली कार्की, सप्तरीमा लखनलाल यादव, सिराहमा राजनप्रसाद दाहाललाई जिल्ला निर्वाचन अधिकृत बनाएर खटाइएको छ । त्यसैगरी दोलखामा गङ्गाप्रसाद यादव, रामेछापमा पद्मबहादुर गिरी, सिन्धुलीमा चुन्नीशरण यादव, धनुषामा पर्शुराम कोइराला, महोत्तरीमा जितनारायण मण्डल, सर्लाहीमा अच्युतम आचार्य, रसुवामा एमपी भुषाल, धादिङमा श्रीराम दवाडी, नुवाकोटमा सागर विष्ट, काठमाडाँैंमा श्यामराज ढुङ्गेल, भक्तपुरमा गोकर्ण बानियाँ, ललितपुरमा बाबुराजा जोशी, काभ्रेमा राजेश्वर अधिकारी, सिन्धुपाल्चोकमा योगेन्द्र अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको छ । 
निर्वाचन समितिका अनुसार मकवानपुरमा गोविन्द सिग्देल, रौतहटमा देवेन्द्र झा, बारामा अरूण परियार, पर्सामा निरन्जन आचार्य, चितवनमा मुकुन्द अर्याल, गोर्खामा पुर्शराम घिमिरे, मनाङमा कैलाश गुरुङ, लमजुङमा नरेन्द्र केसी, कास्कीमा खिमराज पौडेल, तनहुँमा विष्णुकुशल भुजेल, स्याङजामा राजेन्द्र अधिकारी, गुल्मीमा काशीराम पाठक, पाल्पामा राजन ढुङगाना, अर्घाखाँचीमा प्रदीपकुमार यादव, नवलपरासीमा राजेन्द्र न्यौपाने, रुपेन्देही हुमबहादुर कुँवर, कपिलवस्तुमा शालिकराम बञ्जाडे, मुस्ताङमा गोपाल पाण्डे, म्याग्दीमा अर्जुनप्रसाद चौलागाईँ, बाग्लुङमा कृष्णबहादुर थापा खटिएका छन् । 
त्यस्तै पर्वतमा कृष्णप्रसाद तिमिल्सिना, रुकुममा प्रवीण लम्साल, रोल्पामा जयबहादुर खत्री, प्यूठानमा अरूण पौडेल, सल्यानमा दीपकराज रेग्मी, दाङमा गोपाल पाण्डे अल्छी, डोल्पामा सागर केसी, जुम्लामा धनबहादुर शाही, कालिकोटमा देवेन्द्रराज शर्मा, हुम्लामा दिलबहादुर महत, जाजरकोटमा ज्ञानेन्द्र रावल, दैलेखमा प्रदिप धिताल, सुर्खेतमा प्रलाह्दबहादुर कार्की, बाँकेमा रोहितराज बास्तोला, बर्दियामा लोकबहादुर शाह, बाजुरामा प्रतापसिंह ठाकुराठी, अछाममा पुष्पराज पाण्डे, बझाङमा डेकेन्द्र जोशी, डोटीमा भरत सिंह, कैलालीमा नित्यानन्द पाण्डे, दार्चुालामा देवराज अवस्ती, बैतडीमा हेमन्तराज पन्त, डडेरधुरामा नेरन्द्र सिंह र कन्चनपुरमा प्रयागदत्त भट्टलाई खटाइएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।
देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० ठाउँको निर्वाचन गराउन एक ठाउँमा कम्तीमा तीन जनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारी चाहिने सचिव शर्माले बताए। 
काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । काँग्रेसको गाविसस्तरको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुनेभएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ ।  निर्वाचन क्षेत्रस्तरको अधिवेशन माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म गर्ने तय भएको छ । रासस








Post a Comment

 
Top