0
गोल्डेन न्यूज संवाददाता
पोखरा न्यूरोडमा प्रधान कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैंक लिमिटेडको छैटौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कास्की, लमजुङ र म्याग्दी ३ जिल्ला कार्यक्षेत्र रहेको मेट्रो डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष नारायण बरालको अध्यक्षतामा भएको थियो ।  करिब ३०० जना संस्थापक तथा सर्वसाधारण शेयर धनी सहभागी साधारण सभाले आर्थिक वर्ष २०७१÷०७२ को सञ्चित मुनाफाबाट ३ करोड ५२ लाख ७७ हजार २ २४ रुपैयाँ बोनश शेयर र सो बोनश शेयरको कर प्रयोजनका लागि १८ लाख ५६ हजार ६९६ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २०७२ श्रावण १४ गते देखि भाद्र १६ गतेसम्म तत्काल चुक्ता पूँजीमा १५ प्रतिशत हकप्रद शेयर निश्कासन प्रश्चात चुक्ता पूँजी २१ करोड ३५ लाख २० हजार ४० भएको छ । सोही चुक्ता पूँजीमा बोनस शेयर र नगद लाभांस वितरण गर्ने निर्णय भएको र बोनश शेयर वितरण गरेपछि यस बैंकको चुक्ता पूँजी रु. २४ करोड ८७ लाख ९७ हजार २ सय ६४ पुगेको बैंकले जनाएको छ । 
पोखराको न्यूरोडमा रहेको प्रधान कार्यालयबाट २०६६ पौष १ गते देखि आफ्नो कारोबार शुरु गरेको यस बैंकले प्रधान कार्यालय सहित कास्की, लमजुङ र म्याग्दी जिल्लामा ७ वटा शाखा कार्यालय मार्फत आफ्नो बैंकिङ सेवा विस्तार गरि अगाडि बढिरहेको बैंकले छोटो समयमै आफ्ना शेयर धनिहरुलाई उचित प्रतिफल दिन सफल भएको छ । बैंकले आ. व. २०७१÷०७२ मा कुल २ अर्व १२ करोड रुपैयाँ निक्षेप संकलन र १ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरि ७ करोड ४६ लाख रुपैयाँ संचालन मूनाफा आर्जन गर्न सफल भएको छ । यस्तै आ. व. २०७२÷०७३ को पौष मसान्तसम्म कुल २ अर्व १८ करोड रुपैयाँ निक्षेप संकलन गरि १ अर्व ८४ करोड रुपैयाँ कर्जा प्रदान गर्न सफल भएको बैंकले ४ करोड १४ लाख रुपैयाँ संचालन मूनाफा आर्जन सफल भएको बैंकले जनाएको छ । गरेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम बैंकले २०७४ सम्ममा हकप्रद शेयर तथा बोनश शेयर जारी गरि निर्धारित पूँजी ५० करोड रुपैयाँ पु¥याउने लक्ष्यका साथ कैलास विकास बैंक र नेपाल एक्सप्रेस फाइनान्ससंग मर्जर प्रक्रियामा अगाडि बढाइएको प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद तिवारीले जानकारी दिए ।

Post a Comment

 
Top