0
पोखरा–४ स्थित गैह्रापाटनमा रहेको प्राइम वहुउद्देश्यीय सहकारी संस्थाले भद्रकाली मन्दिर परिसरमा शनिबार सरसफाइ कार्यक्रम गरेको छ । कास्की जिल्लाका विभिन्न धार्मिक तथा सार्वजनिक स्थलको सरसफाइ गर्ने अभियानका क्रममा शनिबार भद्रकालीमा कार्यक्रम गरिएको सहकारीका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । सहकारीले अबदेखि प्रत्येक महिनाको एउटा शनिबार सरसफाइ कार्यक्रम सञ्चालन गर्ने पौडेलले बताए । निदेश कोइरालाको संयोजकत्वमा सरसफाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा सहकारीका सञ्चालक र कर्मचारीको उपस्थिति थियो । सहकारीले भद्रकाली मन्दिर व्यवस्थापन समितिलाई ६ वटा डस्बिन, कुचो तथा फोहर उठाउने सामानसमेत हस्तान्तरण गरेको छ ।  



Post a Comment

 
Top