0
पोखरा उपमहानगरपालिका वडा नं. ५, पस्र्याङमा रहेको धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम आयोजना गरि नवौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सहकारीले पोखरा–५ मा हरेको सबै विद्यालयहरुबीच अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा बाराही उच्च मावि प्रथम र शान्ति निकेतन स्कूलले द्वितीय स्थान हासिल ग¥यो । विजयी विद्यालयका विद्यार्थी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा चन्द्र रत्न स्मृति ट्रष्टबाट बाराही उमावि र धर्मस्थली निमाविका ४ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई जनही २ हजार पाँचसय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार ट्रष्टका अध्यक्ष महेश्वर पराजुलीले प्रदान गरेका थिए । 
यसैगरी सहकारीले लेखनाथको लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रममा १२ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ । सहकारीका अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षमा भएको एक कार्यक्रममा उक्त खाद्यान्न हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सचिव नारायण प्रसाद गौतम, सदस्यहरु शारदा अधिकारी, सारदा प्रसाद थापा, खगेन्द्रदेवी घिमिरे, सह–सचिव लेखनाथ भट्टराई, सह–सचिव द्रोणराज अधिकारी  र प्रवन्धक कृष्ण प्रसाद पराजुली सहभागी भएको संस्थाका उपाध्यक्ष महेश्वर पराजुलीले जानकारी दिए ।  



Post a Comment

 
Top