0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा चौतारीद्वारा निःशुल्क आँखा शिविर शुक्रबार सम्पन्न भयो । तनहुँको सुन्धारा घिरिङ्गस्थित चन्द्रज्योति उच्चमाविको प्राङ्गणमा आयोजित शिविरमा करिब २ सय स्थानीयवासीले सेवा लिएका थिए । क्लवको सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आयोजित शिविर हिमालयन आँखा अस्पतालको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा आँखा जाँच गर्नेक्रममा १० जनामा मोतियाविन्दु देखा परेको क्ल्वका सचिव महेश्वर पराजुलीले जानकारी दिए । मोतियाविन्दु भएका १० जनालाई निःशुल्क चश्मा समेत प्रदान गरिने भएको छ । क्लवका अध्यक्ष होमबहादुर बसेलको अध्यक्षतामा सम्पन्न शिविरमा कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष हरिहर सापकोटा, चन्द्रज्योति उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापा, प्रधानाध्यापक नरबहादुर राना लगायतले बोलेका थिए ।  

Post a Comment

 
Top