0
गोल्डेन न्यूज संवाददाता
एसओएस बगर भाइखलक एट ए साइड भेट्रान फुटवल प्रतियोगिताको उपाधि फोर्टी फाउण्डेशन काठमाडौंले चुमेको छ । पोखराको पुरानो टँुडिखेलमा मंगलबार सम्पन्न प्रतियोगितामा भाटभटेनी हेल्थ क्लव काठमाडांैलाई १–० गोल अन्तरले पराजित गर्दै फोर्टी फाउण्डेशनले उपाधि हासिल गरेको हो । प्रतियोगिताको फाइनल खेलमा दोश्रो हाफको २३आंै मिनेटमा नायक धिरेन शाक्य क्याप्टेन रहेको फोर्टी फाउण्डेशनका  तर्फबाट ओमकृष्ण श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।  खेलमा म्यान अफ दी म्याचको उपाधि समेत गोलकर्ता श्रेष्ठले चुम्न सफल भए । उपाधि संगै फोर्टी फाउण्डेशनले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार , शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोश्रो स्थानमै चित्त बुझाएको भाटभटेनी हेल्थ क्लवले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । 

प्रतियोगिताका बिजेताहरुलाई सशस्त्र प्रहरी बल मुक्तनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) जानकीराज भट्टराई, राष्ट्रिय खेलकुद परिषद सदस्य फत्तबहादुर गुरुङ, जिल्ला खेलकुद बिकास समिति कास्की अध्यक्ष यमबहादुर गुरुङ, बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङ, सहारा क्लव पोखराका पूर्व अध्यक्ष विक्रम थकाली लगायतले पुरस्कार वितरण गरेका थिए ।










Post a Comment

 
Top