0
राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ कृषि उपजबजार नयाँबजारले आफ्ना पुराना सदस्यको बिदाई र नवआगन्तुक सदस्यहरुलाई स्वागत गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा संस्थाको सदस्यबाट राजीनामा दिएका २२ जनालाई बिदाई र नयाँ बनेका ६५ जना सदस्यहरुलाई स्वागत गरेको छ । नवआगन्तुक सदस्यहरुलाई संघका अध्यक्ष छेवाङ तामाङ (कुमार लामा) र कृषिउपज बजार संचालक समितिका अध्यक्ष रुद्र प्रसाद खानलले प्रमाणपत्रका साथ स्वागत गरेका थिए । कार्यक्रममा विशेष अतिथि रुद्रप्रसाद खनालले कृषि उपज बजार संचालक समितिलाई व्यवस्थित ढङ्गले संचालन गर्न सञ्चालक समिति र व्यवसायी बीच एकताको खाँचो रहेको बताए । कार्यक्रममा संघका उपाध्यक्ष पन्नालाल बञ्जाडे, सचिव दुर्गा बहादुर श्रेष्ठ, कृषक प्रतिनिधि दयाराम न्यौपाने, कृषि उपज बजार संचालक समितिका निमित्त बजार व्यवस्थापक रुषा जिसी, संघका निवर्तमान अध्यक्ष विष्णु बाँस्तोला, पूर्व अध्यक्ष रामकृष्ण दुवाडी, शशिधर अधिकारी, संस्थापक सचिव कृष्णदेव मिश्र लगायतले संस्थाको गतिविधिमाथि प्रकाश पारेका थिए । संघमा हाल १५० जना सदस्य रहेको बताइन्छ । २०६० सालमा स्थापित संघले कृषि उपज बजार  भित्र रहेका व्यवसायीका समस्या समाधान गर्नुका साथै विभिन्न कार्यक्रम संचालन गर्दै आएको सचिव श्रेष्ठले बताए ।

Post a Comment

 
Top