0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी काहुँ उपशाखाको आयोजनामा पोखरा–२१, काहुँमा आयोजित चार दिने सकरात्मक सोच र उद्घोषण कला कार्यक्रम बुधवार सम्पन्न भएको छ । स्थानीयलाई सकरात्मक सोच र बोल्ने कलाको विकासको लागि सो कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा बोल्दै रेडक्रस कास्कीका उप–कोषाध्यक्ष सुरेन्द्र गुरुङले काहुँ उपशाखाले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्दै आएको बताए । रेडक्रसकर्मी भन्न पाउदा  आफूलाई अन्त्यन्तै गर्व लाग्ने बताउदै रेडक्रसले प्रदान गरेको तालिमको कार्यान्वयन हुनुपर्नेमा जोड दिए। कास्की शाखाका सदस्य एवम् काहुँ उपशाखाका संस्थापक सभापति इश्वरी प्रसाद आचार्यले सकरात्मक सोचाई राखि अघि बढ्नाले हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने उल्लेख गरे । सञ्चारकर्मी एवम् प्रशिक्षक राजन उपाध्यायले सिकेका कुरालाई दैनिक जीवनमा लागु गर्न आग्रह गरे । उप–स्वास्थ्य चौकिका प्रमुख दिवान श्रेष्ठले रेडक्रसले गर्ने हरेक कार्यमा सहयोग गर्ने बताए । सहभागिको तर्फबाट मिनबहादुर गुरुङ र सारदा आचार्यले तालिमले आफूहरुको सोचाइमा परिवर्तन आएको बताउदै सिकेका कुरा उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । काहुँ उपशाखाका कोषाध्यक्ष सुवेदार इन्द्रबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन उपाशाखाका सचिव इन्दिरा आचार्यले गरेका थिए । चार दिने तालिममा रेडक्रस अभियान र सकारात्मक सोचबारे कृष्ण तिमिल्सिना र उद्घोषण कलासम्बन्धी राजन उपाध्यायले सहजिकरण गरेका थिए । तालिममा रेडक्रस र टोल विकास संस्थाका गरी २५ जनाको सहभागिता रहेको थियो । लैङ्गिक तथा समावेशीकरण समितिको व्यवस्थापनमा सोे तालिम भएको हो । सोहि अवसरमा नयाँ आजीवन सदस्यता समेत प्रदान गरिएको थियो ।











Post a Comment

 
Top