0
गोल्डेन न्यूज संवाददाता
पेशाले राष्ट्र बैङ्कको कर्मचारी भए तापनि दुर्गाबहादुर शाह बाबा बढी सामाजिक र साहित्यिक व्यक्तित्वका रुपमा परिचित छन्। नेपाल राष्ट्रबैंक पोखरामा वि.सं २०४२ मा बैंक प्रवेश गरेका दुर्गाबहादुर शाह ‘बाबा’ नेपाल राष्ट्र बैंकको उपनिर्देशक पदबाट हालसालै सेवानिवृत्त भएका छन्। केन्द्रीय बैङ्कको कर्मचारीका साथसाथै बाबाले कस्केली अधिकृत समाज कास्की, गजलयात्रा नेपाल, टिम अर्गनाइजिङ लोक्कल इन्स्टिच्यूसन (टोली) आदी संस्थाकोे अध्यक्ष् ापदमा रहेर नेतृत्वदायी भूमिकासमेत निभाइसकेका छन्।
तीन दशकदेखि सामाजिक एवम् साहित्य क्षेत्रमा आबद्ध शाहका समयले कोरेका रेखाहरु–२०६३, आधुनिक गीति एल्वम् गौरव २०६४, दुई हरफ कविता सङग्रह–२०६६, आधुनिक गीति एल्वम् नेपाःश्री–२०७१ जस्ता काव्यकृति प्रकाशित छन्। यस्तै बाबाको वि.सं २०६५ मा काठमाडौंको गुरुकुल, वि.सं २०६८ मा पोखरा उद्योेग वाणिज्यको सभाहल पोखरा, वि.सं २०७१ मा श्रीलंका र कम्वोडियामा एकल कविता वाचनसमेत सम्पन्न भइसकेका छन्।
नेपालको सङ्गीति इतिहासमै पहिलो पटक संयुक्त रुपमा सार्क राष्ट्रका दुई स्रष्टा दुर्गाबहादुर शाह बाबाको रचनामा श्रीलंकाका सुप्रसिद्घ गायक तथा सङ्गीतकार डा. प्रवाथ निलन्ता पेइरिसको स्वर र सङ्गीतमा रहेको नेपाली आधुुुनिक गीति एल्बम् नेपाःश्री म्युजिक नेपालमार्फत बजारमा आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट विभिन्न मानपदवीबाट विभूषित भइसकेका बाबालाई नेपालका लागि श्रीलङ्कन राजदुतावासले साहित्य तथा सङ्गीतमार्फत नेपाल र श्रीलंकावीच सुमधुर सम्बन्ध बढाउन ऐतिहासिक काम गरेको भन्दै बाबालाई ‘रिनाउन पिस पोयट एण्ड लिरिसिष्ट’ उपाधि सहित काठमाडौंमा नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू.एम. सिनेभिरत्नको बाहुलीबाट सम्मान अर्पण गरेको थियो। स्याङ्जाको ठूलाडिही स्याङ्जामा जन्मेर पोखरालाई कर्मथलो बनाएका बाबाले जापान, सिङगापुर, थाइल्याण्ड, बङ्गलादेश, भारत, श्रीलंका, कम्बोडिया आदि देशको भ्रमण गरिसकेका छन्। सङ्घर्षमा कलम साहित्य समाज पोखराले दुर्गाबहादुर शाह बाबाको व्यक्तित्व र कृतित्व विषयक कृति प्रकाशित गरिसकेको छ। यस्तै दुर्गाबहादुर शाह बाबाद्घारा स्थापित बाबा साहित्य साधक सम्मान तथा पुरस्कार कोषवाट हालसम्म चार जना स्रष्टा सम्मानित भइसकेका छन्। साथै बाबाका सिर्जना माथि स्नातकोत्तर तहका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा शोधसमेत गरिसकेका छन्।










Post a Comment

 
Top