0
गोल्डेन न्यूज संवाददाता
व्रह्माकुमारी इश्वरीय विश्व विद्यालयका संस्थापक प्रजापिता ब्रह्मा बाबाको ४७ औं पुण्यतिथिलाई विश्व शान्ति दिवसका रुपमा मनाइएको छ । विश्वभर इश्वरीय विश्व विद्यालयका शाखाहरुमा पुण्यतिथिलाई विश्व शान्ति दिवसका रुपमा मनाइएको हो । सोहि अनुरुप नयाँवजार शाखामा पनि विश्वशान्तिका लागि योग भन्ने उद्घोषका साथ रोजयोग कार्यक्रमको आयोजना गरि मनाएएको छ । साथै वावाको विशेषताका वारेमा चर्चा परिचर्चा समेत गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले वावाको तस्वीरमा माल्यार्णण गर्दै कार्यक्रमको उद्घाटन गरे । उनले ब्रह्मा वावाले गरेका कार्यहरुलाई अनुकरण गर्दै समाजका लागि योगदान पु¥याउन सकेमात्र वावाप्रति श्रद्धाञ्जली अर्पण हुनेमा जोड दिए । कार्यक्रममा डा. कालु शमा र डा.रमेहमान जोशी, प्रा डा. दिलवहादुर क्षेत्री, स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला लगायतले वावाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तस्वीरमा माल्यार्णपण गरेका थिए । कार्यक्रमका सभाध्यक्ष राजयोगिनी परणीताले ब्रह्मा बाबाको जीवनी तथा समाज रुपान्तरणमा गरेका योगदानको चर्चा गरेकी थिइन् । उनले बावाले समाज उत्थान र अध्यात्मिक जागरणमा मात्र नभई महिला शसक्तिकरणमा समेत योगदान पु¥याएको दावी गर्दै त्यसको ज्वलन्त उदाहरण संस्थाको नेतृत्व नारीहरुले गरेको वताइन् ।
त्यस्तै संस्थाका क्ष्ँेत्रिय महासचिव व्रह्म कुमार शैलेषराज वरालले १८ जनवरीका दिन व्रह्मावावाको पुण्य तिथीलाई संस्थाले विश्वका एक सय ४० देशका दश हजार शाखा तथा उपशाखाहरुमा विश्व शान्ति दिवका रुपमा मनाइएको वताए । साथै नेपालका चार सय शाखा तथा उपशाखा र सात सय इकाई शाखाहरुमा र पोखराका १७ शाखा तथा ५५ इकाई शाखाहरुमा समेत विविध कार्यक्रमका साथ राजयोगका माध्यमद्वारा श्रद्धासुमन व्यक्त गरिएको वताए ।



Post a Comment

 
Top