0
गोल्डेन न्यूज संवाददाता
रेवान पोखराले कास्कीको लाचोकमा आर्थिक सहयोग प्रदान गरेको छ । रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले लाचोकको श्री बालकल्याण प्रावि र सुनौलो पाटन आमा समूहका प्रतिनिधिहरुलाई एक समारोहका बीच जनही १२ हजार ५०० का दरले आर्थिक सहयोग प्रदान गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणाखर दवाडी र आमा समूहका अध्यक्ष ममता हमालले सहयोग रकम बुझेका थिए । मन्दिर निर्माण कार्यमा लागेको आमा समूहलाई नमस्ते प्रतिष्ठान नेपालले पनि साढे बाह्र हजारनै आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानले लाचोकमा महिला शसक्तिकरण परियोजना पनि सञ्चालन गरेको छ ।
रकम हस्तान्तरण गर्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले रेवानले सामाजिक उत्तरदायित्व वहन गर्न विगतका वर्षदेखि गर्दै आएको सहयोगलाई यसवर्ष पनि निरन्तरता दिएको बताए । साथै उनले विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा रेवान पोखराका सचिव विष्णु बानियाँ, कोषाध्यक्ष विश्वराज पौडेल लगाएतले आ–आफ्नों भनाई राखेका थिए ।  उनीहरुले पोखराको नजिकै रहेको लाचोकलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने भन्दै यसतर्फ सहकार्य गर्न तत्पर रहेको जनाए । त्यहाँ सम्म पुग्ने बाटोको उचित व्यवस्थापन गर्न सकिए गाउँका कृषिजन्य उत्पादनलाई सहजै बजारीकरण गर्न सकिने उनीहरुको भनाई थियो ।  

Post a Comment

 
Top