0
गोल्डेन न्यूज संवाददाता
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबारदेखि नेपाल–भारत त्रिकोणात्मक क्रिकेट सिरिज शुरु भएको छ । नेपालको तर्फबाट कास्की ११ ले प्रतिनिधित्व गरेको छ भने भारतको दिल्ली र आन्द्र प्रदेशको टोलीले प्रतिस्पर्धा गरेका छन् । सोमबार पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले व्याटिङ गर्दै उद्घाटन गरेको थिए । 
पहिलो खेल दिल्लीले आन्द्र प्रदेशको सामना गरेको थियो । टस जितेर व्याटिङ गरेको दिल्लीले गर्दै २० ओभरमा १ सय ६१ रन बनाएको थियो । अक्किले ६५ बलमा ८८ रन बनाउ । राजेशले २४ बलमा ३३ रन बनाई खेलेका थिए । बलिङ तर्फ कार्तिकले चार ओभरमा २४ रन दिएर दुई विकेट, पंकजले दुई ओभर १४ रन एक विकेट लिएका थिए । एकसय ६२ रनको लक्ष्य पछ्याएको आन्द्र प्रदेशले २० ओभरमा केवल १ सय ४६ रनमा समेटिदै १५ रनले पराजित हुन पुग्यो । आन्द्र प्रदेशका लागि बन्जिमले ४० रन बनाए । डेविडसनले २५ रन बनाएका थिए । दिल्लीका बलर अक्किले चार ओभर २४ रन दिदै तीन विकेट लिएका थिए । 
खेलको म्यान अफ दि म्याच अक्की घोषित भए । दोस्रो खेल कास्कीले आन्द्र प्रदेशले दिएको १ सय ४२ रनको लक्ष्यलाई १९ ओभर चार वलमा पुरा गरेका थिए । आन्द्र प्रदेशले पहिले व्याटिङ गर्दै २० ओभरमा डेविडसनले २२ बलमा सर्वाधिक २९ रन बनाएका थिए । मोलेसीले २८ बलमा २६ रन बनाई पवेलियन फर्किए । रिजन प्रजुले चार ओभर १५ रन दिदैं दुई विकेट, प्रदीप राउतले तीन ओभर १८ रन दिदैं दुई विकेट लिएका थिए । कास्कीले १९ ओभर चार वलमा लक्ष्य पुरा गर्ने क्रममा रिजन प्रजुले ४८ बलमा ६८ रन नटआउट हिर्काए । आलम खान र प्रदीप राउतले १२÷१२ रन बनाएका थिए । कास्की पाँच विकेटले जित्दै रिजन प्रजु खेलको म्यान अफ दि म्याच घोषित भए । 
उदघाटन क्रममा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य फत्त गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, कार्यालय प्रमुखद्वय लव श्रेष्ठ तथा प्रकाश बराल एवं प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीको उपस्थिति थियो ।









Post a Comment

 
Top