0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंहचोकमा विहीवार साँझ भएको सवारी दुर्घटनामा नेपाली सेनाका अधिकृत र एक जवानको ज्यान गएको छ । साझ साढे ८ बजे ट्रकमा मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार दुबैको ज्यान गएको हो । दुर्घटनामा परेर नेपाली सेनाको राजदलगण खैरेनीटार तनहुँमा कार्यरत क्याप्टेन रञ्जन विक्रम शाह र जवान रोशन थापाको घटनास्थलमै ज्यान गएको हो । पोखराबाट तनहुँतर्फ जादै गरेको ना १४ प ३८५२ नम्बरको मोटरसाईकल ना३ख ६५९ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी निरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । दुवै जना पोखरामा बिहीबार आयोजित आहा रारा गोल्डकप अन्तर्गत आर्मी र जावलाखेल बीचको खेल हेर्नका लागि आएको र साझ फर्कन लाग्दा दुर्घटना परेको हुनसक्ने प्रहरीले जनाएको छ ।
यता, काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिकामा गएराति गाडीबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।   स्थानीय काँक्रे भन्ने ठाउँबाट धारापानी भन्ने ठाउँमा जाँदै गरेको बा २ ख ८७१२ नम्बरको खर लोड गरेको गाडीमा बसेका ५९ वर्र्षीय कृष्णबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।


Post a Comment

 
Top