0
गोल्डेन न्यूज संवाददाता
दुई वर्षपछि मैदान उत्रिएको जावलाखेल युथ क्लबलाई त्रिभुवन आर्मीले क्लबले २–० गोलले पाखा लगाउँदै पोखरा रगंशालामा जारी १४ आंै आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उपाधि दावेदार मानिएको आर्मीको जितमा जितेन्द्र कार्की र दिपक गुरुङले गोल गरे ।
नयाँ र युवा खेलाडीको टीम लिएर मैदान उत्रिएको जावलाखेल विरुद्ध गोल गर्न आर्मीलाई धेरै समय पर्खनु परेन् । खेलको १० औ मिनेटमा जावलाखेलका कालु थापाले राजीव गुरुङलाई डिवक्सभित्र लडाएपछि मुख्य रेफ्रि नविन्द्र महर्जनले पेनाल्टीको अववसर दिए । पाएको पेनाल्टीलाई जितेन्द्र कार्कीले सदुपयोग गरेपछि आर्मीले अग्रता कायम गर्यो । एक गोलले पछि परेको जावलाखेल गोलको खोजीमा भौतारिएपनि असफल बन्यो । गोल अन्तर्गत फराकिलो बनाउने प्रयासमा आर्मीले अतिरिक्त समयमा एक गोल गर्दै क्वाटरफाइनलको यात्रा सहज बनायो । प्रतियोगिता अन्तर्गत अन्तिम प्रिक्वाटरफाईनल खेल शुक्रबार नेपाल पुलिस क्लब र झापा ११ बीच हुनेछ।










Post a Comment

 
Top