0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं ८ आँपडाडामा रहेको नवज्योती सनत दुर्गा निमाविको रजत जयन्तीका अवसरमा राखिएको स्रोत केन्द्र स्तरीय अन्तर निमावि हाजिर जवाफ प्रतियोगितामा रुपाज्योती माविले प्रथम स्थान हासिल गरेको छ। भण्डारढिक स्रोत केन्द्र अन्तर्गत रहेका १२ विद्यालयको सहभागीता रहेको प्रतियोगितामा जनप्रकाश उच्च माविले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो भने रामज्योती निमाविले तृतिय र अमरसिद्ध नमूना उच्च माविले सान्तोना स्थान हासिल गरेको थियो। विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण गर्दै सहयोगी दाताँ सनत कुमार श्रेष्ठले विद्यार्थीमा पढाईको साथमा बाहिरी विषय वस्तुको पनि जानकारी हुनु पर्नेमा जोड दिएका थिए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सरिता त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लिलामणि त्रिपाठी, समाजसेवी महिन्द्र कतिला साहित्यकार पदमराज ढकाल र कार्यक्रम संयोजक मदन घिमिरे लगायतले सहभागी विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै शुभकामना दिएका थिए।  




Post a Comment

 
Top