0
गोल्डेन न्यूज संवाददाता
पूर्वसभामुख, संविधानविद् दमननाथ ढुंगानाले असन्तुष्टहरुको राष्ट्रिय सम्मेलन गरी उनीहरुको माग संविधानमा सम्बोधन गराउनुपर्ने बताएका छन् । तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले आइतवार पोखरामा आयोजना गरेको नेपालको संविधानको विरोध किन ? विषयक अन्तत्र्रिmया कार्यक्रममा ढुंगानाले संविधान जारी गर्नु अघि असन्तुष्टिहरु हुदा–हुदै संविधान जारी गरिएकाले मुलुकमा संकटको अवस्था आएकोले थप मुठभेडको अवस्थामा जान नदिन वार्ता र सहमतिबाटै सबैको अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए । उनले अहिले संविधान त बन्यो तर जनताको होइन दलको बन्यो भन्ने टिप्पणी गर्नुहुदै संविधान निर्माणमा दलले व्हीप जारी गर्नु दुःखदायी भएको बताए । जनताले अधिकार सहितको संविधान चाहन्थे त्यो भावनाको कुठराघात भएको उनले स्पष्ट पारे । 
आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधारले नेपालका बहुसंख्यक जनता बेखुस भएको संविधानलाई विश्व कै उत्कृष्ट संविधान भन्नु हास्यस्पद भएको बताए । उनले पार्टीको व्हीप मात्रै होइन आदेश र धम्कीबाट मस्यौदा समितिले समेत मस्यौदा पढ्न नपाई संविधान आएकाले उत्कृष्ठ होइन, जनताको अधिकार विहिन अलोतान्त्रिक संविधानको संज्ञा दिए । संविधान लागु नहुदै संशोधन प्रस्ताव आउनु संविधानमा ठूलो त्रुटि छ भन्ने भएको भन्दै संविधानलाई नेपालको कुनै पनि आन्दोलनले स्ीवकार नगरेको दावी गरे।
नागरिक अगुवा विजयकान्त कर्णले अलोकतान्त्रिक विधिबाट ल्याइएको संविधानका एक सय भन्दा बढी धाराहरु नेपाली जनताको विरुद्धमा भएकाले जनताले संविधान अस्वीकृत गरी आन्दोलित भएको बताए। समानुपातिक प्रतिनीधित्व, सामुदायिक अधिकार, पहिचान, पहुँच, विविधता, संघीयता, सामाजिक न्यायका अधिकारहरु कटौती गरी संविधान जारी गरिएकाले संविधानका विरुद्ध जनता आन्दोलित भएको उनले बताए। 
तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जनभावना पार्टीका अध्यक्ष सूर्य खड्का विखर्ची, थकाली सेवा समितिका निवर्तमान अध्यक्ष अम्बर तुलाचन, तमु धिं नेपालका अध्यक्ष कर्म तमु, कृष्णबहादुर गुरुङ, इमानसिंह गुरुङ, नेम गुरुङ, जगन गुरुङ, धर्मराज गुरुङ, सुवेदार नौबहादुर गुरुङ, हेमप्रसाद गुरुङ, तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले लगायतले बोलेका थिए ।







Post a Comment

 
Top