0
गोल्डेन न्यूज संवाददाता
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा कास्कीको अध्यक्षमा पशु स्वास्थ्य चिकित्सक ठगेन्द्रप्रसाद अर्याल सर्वसम्मत चयन भएका छन् । मंगलबार पोखरामा आयोजित प्राविधिकहरुको भेलाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको ज्येष्ठ सदस्य फणिन्द्रराज ढकालको अध्यक्षतामा भएको भेलाले नयाँ समिति चयन गरेको अध्यक्ष अर्यालले जानकारी दिए । समितिको उपाध्यक्षमा वसन्तराज कोइराला, सचिवमा राजु योञ्जन, सहसचिवमा पुष्पराज अधिकारी, कोषाध्यक्षमा सीता अर्याल चयन भए । महिला सदस्यमा कमला पौडेल, सदस्य समावेशीमा भीम सुनार र खुल्ला सदस्यमा शिवलाल अधिकारी र बलराम अधिकारी छन् । अध्यक्ष चयन भएपछि अर्यालले सबैलाई समेटेर संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे । समितिको केन्द्रीय प्रतिनिधिमा सुरेशकुमार श्रेष्ठ, फणिन्द्र राज ढकाल, शिवराज अर्याल, पुरषोतम सिंह चयन भए । भेलामा पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । समितिको केन्द्रीय अधिवेशन फागुनको २८ र २९ गते काठमाडौंमा हुँदैछ । माघ मसान्तसम्म प्रत्येक जिल्ला अधिवेशन सक्ने केन्द्रीय प्रतिनिधि सुरेशकुमार श्रेष्ठले जानकारी दिए । ‘पशु सेवा क्षेत्रमा लागेका स्थानीयदेखि प्राविधिक तथा विषय विशेषज्ञहरुको हकहितका लागि संगठित हुने उद्देश्यले संस्था गठन भएको हो,’–उनले भने ।








Post a Comment

 
Top