0
गोल्डेन न्यूज संवाददाता
लमजुङमा नयाँ शक्ति निकट समाजवादी ट्रेड युनियन महासंघ गठन भएको छ। भेलाले राजेन्द्र लामाको अध्यक्षता ११ सदस्यीय नयाँ शक्ति ट्रेड युनियन समाजवादी ट्रेड युनियन महासंघ गरेको हो। महासंघका सदस्यहरूमा सुदर्शन तामाङ, पसबहादुर तामाङ, कर्ण परियार, धनबहादुर मझकोटी, अनुज राना, हर्कविक, टकबहादुर गुरूङ र धनबहादुर मगर छन्। भेलाले मुरलीकुमार श्रेष्ठ, पूर्णबहादुर बोगटी, र बलबहादुर राईसहितको सल्लाहकार समिति पनि गठन गरेको छ। भेलामा नेपाल टे«ड युनियन महासंघ केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नंं. चारका संयोजक रिम बस्यालले राज्यको कानूनको दायरामा रहेर मजदुरको हकअधिकारका लागि लड्ने र समृद्ध नेपाल निर्माणमा नयाँ शक्ति निकट ट्रेड युनियन लाग्ने बताए। मजदुर आयोग गठन हुन नसकेको अवस्थामा संविधानमै यो व्यवस्था गराउन नयाँ शक्ति लाग्ने बताउँदै मजदुर, श्रमिक बिना समृद्ध नेपाल बन्न नसक्ने उनले दाबी गरे। नयाँ शक्ति निर्माण अभियान लमजुङका संयोजक राजु थापाले मजदुरको उचित श्रमको व्यवस्था र श्रम शोषणका विरूद्धमा आफूहरू कटिवद्ध भएर लड्ने बताए। महासंघका केन्द्रीय सदस्य शिवबहादुर अधिकारीले अहिलेसम्म धेरै ट्रेड युनियनहरू गठन भएको भए पनि मजदुरका एजेन्डालाई स्थापित गर्न नसकेका कारण समस्या उस्तै रहेको बताए। भेलाको सञ्चालन पूर्णबहादुर बोगटीले गरेका थिए।




Post a Comment

 
Top