0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेको युवा संगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले अब भारतीय सीमामा पनि तारजाली र पर्खाल लगाएर प्रवेश पासको व्यवस्था गर्नुपर्ने बताएका छन् । भारतले दुई देशको सीमा नाकामध्ये केही ठाउँमा प्रवेश पासको माध्यमबाट मात्र भारत छिर्न दिने गर्न थालेको चर्चा चलेपछि पहारीले पोखरामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा भारतीय सीमामा पर्खाल र तारजाली लगाउनुपर्ने बताएका हुन् । ‘अब चीन जस्तै सम्बन्ध भारतसंग कायम हुनुपर्छ’, उनले भने । उल्लेखित विषय लगायत अन्य थुप्रै विषय समावेश गरि ४० पृष्ठ लामो अवधारणा सरकार समक्ष प्रस्तुत गरेको भन्दै उनले मधेशवादी दलका नेता राजेन्द्र महतो भारतीय नै भएको ठोकूवा गरे । ‘हामीले गृहमन्त्रीलाई यस बारेमा प्रतिवेदन बुझाएर तत्काल कार्वाही गर्न माग गर्दा गृहमन्त्रीले छानविन गर्छौं भनेका छन्’–अध्यक्ष पहारीले युवासंघ गण्डकी अञ्चल कमिटीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने । 

नेकपा एमालेका अध्यक्ष केपी ओली नै प्रधानमन्त्री भएको बेला ४० पृष्ठ लामो अवधारणापत्र बुझाएपनि ओली सरकारले त्यस बारेमा के ग¥यो भन्ने बारेमा उनी मौन रहे । भारतीय नागरिक भनि ठोकूवा गरेका महतोलाई प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटारमा स्वागत गरि वार्ता गरेको विषयमा समेत पहारी केही बोलेनन् । उनले मधेश आन्दोलनमा सहभागी मध्ये ३१ प्रतिशत कर्मचारी रहेको र सबैजसो सरकारी कार्यालय बन्द गरि आन्दोलनमा सहभागी हुने गरेका कारण उनीहरुलाई तत्काल कार्वाही गर्न सरकारसंग माग गरे । 

युवा संघकै कारण मधेश आन्दोलन कमजोर भएको र उनीहरु वार्तामा आएको दावी गर्दै पहारीले मोरङको रंगेलीमा युवा संघको कार्यक्रम विथोल्न खोज्नेहरु माथि प्रहरीले गोली चलाउदा ३ जनाको मृत्यु भएको स्पष्ट पारे । ‘हामीले मधेशमा कसैको प्रतिरोध र प्रतिकार गर्न कार्यक्रम गरेका होइनौं, संविधानले दिएको हक अधिकार प्रयोग गरि कार्यक्रम गर्दा आक्रमण गर्नेहरुलाई प्रहरीले गोली चलाएको हो’–उनको भनाइ थियो । 
पत्रकार सम्मेलनमा पत्रकार नवराज सुवेदी र दीपेन्द्र श्रेष्ठले युवा संघका कारण मधेशमा द्वन्द बढेको र आगोमा घिउ थप्ने काम भएको छ नि भन्ने जिज्ञासा राख्दा अध्यक्ष पहारीले आफूहरुको मधेश संवाद जागरण कार्यक्रम अब छिट्टै सकिने बताए । उनले भने–‘हामी हठात मधेस गएका होइनौं, कार्यक्रम बनाएर, तिथिमिति सार्वजनिक गरेर गएका हौं । र, कसैको विरोधका लागि नभइ संविधानमा भएका व्यवस्थाबारे बताउन कार्यक्रम राखेका हौं ।’ उनले मधेश आन्दोलनका नाममा सामाजिक सद्भाव भड्काउनेहरु राष्ट्रघाती र जनघाती भएको बताए । अध्यक्ष पहारीले सामाजिक सद्भाव भड्काएर देश विखण्डन गर्न खोज्ने मधेशी नेताहरुलाई तत्काल पक्राउ गर्न समेत सरकारसंग माग गरे । ‘मधेशी केन्द्रीत दलका नेताहरुको अगुवाईमा रङगेलीमा आजगनी, हातहतियार सहित आक्रमणमा उत्रनेहरुलाई तुरुन्त गिरफतार गरेर कार्वाही गर्न सरकारसंग माग गर्दछांै ।’ कार्यक्रममा युवा संघका गण्डकी अञ्चल अध्यक्ष नवराज ओझा, उपाध्यक्ष महेन्द्र गुरुङ र कोषाध्यक्ष थमनारायण ढकाल लगायतले सामाजिक सद्भाव र एकताका लागि मधेशमा अभियान संचालन गरिएको बताए ।



Post a Comment

 
Top