0
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली संग पोखराका क्रियाशील पत्रकार महिलाहरुले स्वागत भेट गरेका छन । नवलपरासी जिल्लाबाट कास्की सरुवा भइ आएका मैनाली संग क्रियाशील पत्रकार महिलाहरु ले सोमबार स्वागत भेट गरेका हून । भेटमा क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले कास्कीमा पत्रकार महिलाको अबस्था र चूनौतीका बिषयमा जानकारी गराइन । भेटमा बोल्दै प्रजिअ मैनालीले पत्रकारिता क्षेत्रमा महिला सहभागीता  न्यून रहेको उल्लेख गर्दै राज्यका हरेक निकायमा महिला सहभागिता बढाउनका लागि पत्रकार महिलाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। पत्रकार महिलाहरुका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको उनले बताए ।

Post a Comment

 
Top