0
गंगाधर पराजुली
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत विभिन्न गाउँ समिति र नगर तथा नगरका वडा समितिहरुको अधिवेशन शनिबार सम्पन्न भएको छ । कास्कीका २ वटा नगरपालिका र ३२ गाविस मध्ये पोखरा उपमहानगरपालिका वडा नं. ९ को अधिवेशनमात्र आन्तरिक विवादका कारण स्थगित भएको छ । पोखरा–९ मा मतदान चलिरहेको बेला मतदान गर्न पुगेका १ युवकले आफ्नो नाममा अरुले नै मत दिएको थाहा पाएपछि आक्रोशित बनेर निर्वाचन प्रक्रियाका लागि आवश्यक कागजात च्यात्नुका साथै बोकेर संगै लगेका थिए। त्यसपछि पोखरा–९ को अधिवेशन आइतबार बिहान १० बजेपछि गर्ने सहमति भएको छ । कतिपय वडामा भने क्षेत्रीय प्रतिनिधिको निर्वाचन सर्वसम्मतिका आधारमा भएपछि नगर सभापति र नगर सदस्यहरुलाई मतदान नगरि घर फर्किएका थिए । जसले गर्दा अधिकांश वडामा अपेक्षाकृत मत नखसेको अनुमान गरिएको छ । अन्य सबै स्थानको अधिवेशन सम्पन्न भएपनि सबैको नतिजा कास्की कांग्रेसको कार्यालयमा आउन बाँकी छ । शनिबारसम्म प्राप्त नतिजा अनुसार कास्कीको पुरुन्चौर गाविसको सभापतिमा दुर्गादत्त बाँस्तोला तथा क्षेत्रीय प्रतिनिधिहरुमा खिमलाल बाँस्तोला, हेमप्रसाद गौतम, बाबुराम बाँस्तोला, रामप्रसाद अधिकारी, शंकर प्रसाद ढुङ्गाना, रामबहादुर नेपाली, चन्द्रकुमारी श्रेष्ठ, मधुदेवी अधिकारी र मना गिरी निर्वाचित भएका छन् । यसैगरी भदौरे तामागी गाविसमा सभापति रामकाजी गुरुङ तथा क्षेत्रीय प्रतिनिधिहरुमा पदमबहादुर गुरुङ, हिमानसिंह गुरुङ, महेन्द्रबहादुर भट्टराई, लक्ष्मी प्रसाद पौडेल, तैकाजी गुरुङ, राधा भट्टराई, राधादेवी गुरुङ, खेमकुमारी गुरुङ, सिकन्दर कुमार गुरुङ, प्रेमबहादुर बोटे र टेकबहादुर विक निर्वाचित भएका छन् । यस्तै पोखरा–२७, तल्लो हेमजाबाट सभापतिमा दानबहादुर थापा तथा क्षेत्रीय प्रतिनिधिहरुमा धनबहादुर थापा, ऋषिराम पौडेल, शिव पौडेल, सीता थापा मगर र तीर्थ थापा निर्वाचित भएका छन् भने पोखरा–७ को सभापतिमा नविनराज बराल तथा क्षेत्रीय प्रतिनिधिहरुमा तोयबहादुर भट्टराई, वीलबहादुर गुरुङ, विष्णुहरि बराल, शोभाचन्द्र बराल, हेमराज बराल, दुर्गा घिमिरे र कृष्णकुमारी बराल चयन भएका छन् । 

यसैगरी पोखरा–८ बाट सभापतिमा सुवास सिग्देल, क्षेत्रीय प्रतिनिधिहरुमा देवराज चालिसे, वीरेन्द्रनारायण विजुक्छे, इन्द्रबहादुर कुँवर, दामोदर चालिसे, प्रेमबहादुर कार्की प्रकाश, शारदा गिरी र शारदा सुवेदी तथा पोखरा–५ को सभापतिमा फणिन्द्रराज पराजुली तथा क्षेत्रीय प्रतिनिधिमा पुरुषोत्तम पराजुली, भरतराज पौडेल, दुर्गाबहादुर सुनार, दीपकराज कोइराला, गोविन्दबहादुर लामिछाने, लक्ष्मी कार्की र दिलमायाँ कोइराला निर्वाचित भएको कास्की कांग्रेसका कार्यालय सचिव भगवान पौडेलले बताए । पोखरा–५ मा क्षेत्रीय प्रतिनिधि चयन गर्दा हाइकमाण्ड मनाएर उनीहरुको निर्णय अनुसार नै छानिएको बताइन्छ । यसरी निर्णय लिंदा स्थानीय महिला र वृद्धवृद्धाहरुले समेत असन्तुष्टि जनाएका थिए । 

यसैगरी पोखरा–२४, कृष्तिबाट सभापतिमा धर्मराज सुवेदी तथा क्षेत्रीय प्रतिनिधिहरुमा विजयराज आचार्य, दीपेन्द्रराज आचार्य, विष्णु प्रसाद पौडेल, रणबहादुर कार्की, हस्तबहादुर थापा, दुर्गा थापा र लक्ष्मी जिसी निर्वाचित भए भने पोखरा–२३ निर्मलपोखरीबाट सभापतिमा केवल गिरी तथा क्षेत्रीय प्रतिनिधिहरुमा रामचन्द्र पोखरेल, रघु पराजुली, ध्रुवरायमाझी, युक्तबहादुर आले, विक्रमादित्यसिं गिरी, पवित्रा भण्डारी र लोकमाया  अधिकारी निर्वाचित भए । 

यसैगरी कास्कीको कालिका गाविसबाट सभापतिमा भानुभक्त ढकाल तथा क्षेत्रीय प्रतिनिधिहरुमा कृष्ण केसी, विश्वरमण अधिकारी, सरोज केसी, सुरेन्द्र अधिकारी, होमनाथ पौडेल, अञ्जु अधिकारी, रिखुमायाँ कुइँकेल, राजकुमार राना मगर, मञ्जु हेल्मो र मिनबहादुर नेपाली निर्वाचित भए भने भाचोक गाविसबाट सभापतिमा गमबहादुर भुजेल तथा क्षेत्रीय प्रतिनिधिहरुमा ऋषिराम सुवेदी, महादेव सुवेदी, सागर गुरुङ, प्रकाश गुरुङ, विनोद गुरुङ, सावित्री गुरुङ, मिश्री गुरुङ, चन्द्रकला सुवेदी, बलराम परियार, जब्बर मिया र डम्बरनाथ सेवक निर्वाचित भए । 

यसैगरी मौजा गाविसबाट सभापतिमा तिलबहादुर गुरुङ र क्षेत्रीय प्रतिनिधिमा इन्द्रप्रसाद बाँस्तोला, देवेन्द्र रानाभाट, शंकरबहादुर गुरुङ, भुवनसिंह गुरुङ, सकुन्तला गुरुङ, राधिका बाँस्तोला र काशीराम गुरुङ निर्वाचित भए भने पोखरा–३ बाट सभापतिमा दीलिप गिरी तथा क्षेत्रीय प्रतिनिधिमा उमेशराज पराजुली, प्रकाश उदास, मधुसुधन पौडेल, महेन्द्र पुन, रविन्द््रहादुर प्रजु, कृष्णकुमारी परियार र शान्तिदृवी पराजुली निर्वाचित भएका छन् ।यसैगरी पोखरा–१६ बाट सभापतिमा होमबहादुर बाँनियाँ तथा क्षेत्रीय प्रतिनिधिमा पदमसिंह गुरुङ, धर्मराज थापा, हस्तराज गुरुङ, शालिकराम भट्टराई, राजेन्द्र प्रसाद देवकोटा, नारायणी पौडेल र भगवती शर्मा निर्वाचित भए भने पोखरा–१२ बाट सभापतिमा राधेश्याम कोइराला तथा क्षेत्रीय प्रतिनिधिहरुमा डम्बरजंग गुरुङ, लोकबहादुर गुरुङ,रामबहादुर कार्की,   सन्तोष बाँस्तोला, मायादेवी तझ्या र हाइसुवा गुरुङ निर्वाचित भएका छन् । यसैगरी पोखरा–२८ अर्मलाबाट सभापतिमा दिननाथ आचार्य तथा क्षेत्रीय प्रतिनिधिमा कालिका आचार्य, जितबहादुर बस्नेत, ज्ञानबहादुर कार्की, दीपक राज भट्टराई, बलराम आचार्य, विष्णुमायाँ भट्टराई र नरशोभा गुरुङ तथा पोखरा–२० भलामबाट सभापतिमा सूर्यबहादुर थापा तथा क्षेत्रीय प्रतिनिधिहरुमा दुर्गाबहादुर खत्री, गोमाबहादुर खत्री, बल्लभबहादुर केसी, महेन्द्र अधिकारी, केदार केसी, विश्वराज पौडेल, गीता थापा र पवित्रा पौडेल निर्वाचित भएका छन् । यसैगरी पोखरा–२२ आर्वाबाट सभापतिमा विष्णुप्रसाद बराल र क्षेत्रीय प्रतिनिधिमा किशोरदत्त बराल, गुरुप्रसाद बराल, घनश्याम बराल, टिमलाल बराल, मनबहादुर सार्की, तारा बराल र ताराकुमारी पौडेल निर्वाचित भए भने पोखरा–११ को सभापतिमा मोहन प्रसाद बाँस्तोला, उपसभापतिमा निर्मल कर्माचार्य र क्षेत्रीय प्रतिनिधिहरुमा अरुणकुमार श्रेष्ठ, गंगाबहादुर गुरुङ, गोविन्द नेपाली, मुक्तिराम भण्डारी, राजेन्द्ररमण पराजुली, मिना पाण्डे र सीता गुरुङ निर्वाचित भएका छन् । 

यसैगरी कास्कीको नामार्जुङ गाविसबाट सभापतिमा गगनसिंह गुरुङका साथै क्षेत्रीय प्रतिनिधिमा वीर्जमान गुरुङ, मेजर वालासिंह गुरुङ, देवीजंग गुरुङ, चन्द्रमाया गुरुङ, हर्कध्वज गुरुङ, भोजबहादुर गुरुङ र महेन्द्र गुरुङ निर्वाचित भए । कार्यक्रममा एमाले र एमाओवादी लगायतबाट पार्टी परित्याग गरि आउने तसबहादुर गुरुङ सहित १५ जनालाई नेपाली कांग्रेसमा प्रवेश गराइएको क्षेत्रीय सभापति वीर्जमान गुरुङले बताए । यसैगरी पोखरा–२९, उपल्लो हेमजाबाट सभापतिमा मधुसुदन त्रिपाठी तथा क्षेत्रीय प्रतिनिधिमा रामचन्द्र त्रिपाठी, प्रकाशचन्द्र सापकोटा, माधवशरण बाँस्तोला, कृष्णप्रसाद त्रिपाठी, अर्जुन पौडेल, मैयाकुमारी सापकोटा र विष्णु कुमारी श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी पोखरा–२१ काहुँबाट सभापतिमा बोधराज घिमिरे, क्षेत्रीय प्रतिनिधिहरुमा हरिप्रसाद आचार्य, दीपक बाँस्तोला, राजाराम घिमिरे, जंगबहादुर हमाल ठकुरी, तारा कार्की र टुक्कादेवी परियार निर्वाचित भएका छन् ।  

Post a Comment

 
Top