0
गोल्डेन न्यूज संवाददाता
नेपाल लिटरेचर फेस्टिभल २०१६ को दोस्रो दिन शनिबार विभिन्न १० सत्रमा स्वदेशी–विदेशी लेखक र सर्जकहरु प्रस्तुत भए । उनीहरुलाई जसलाई पछ्याउन लेखक, पाठक र विचारकको बाक्लो  उपस्थिति थियो । बुकवर्मले आयोजना गरेको फेस्टिभलमा ¥याण्डम रिडर्स सोसाइटी अफ नेपाल सहआयोजक रहेको छ । शनिबारको पहिलो सत्रमा सांसद रविन्द्र अधिकारी र पत्रकार रविन्द्र मिश्रले आर्थिक विश्लेषक स्वर्णिम वाग्लेसँग ‘कसरी बनाउने नेपाल ?’ शीर्षकमा छलफल गरे । प्रधानमन्त्री देखि लिएर हरेक नागरिकले आ–आफ्नो तहबाट कर्तव्य पुरा गरेमात्र देश विकासको बाटोमा लम्किने निष्कर्ष निकाले । त्यसपछि साहित्यकारहरु शारदा शर्मा, नयनराज पाण्डे र मनु मञ्जिलले ‘कालजयी’ कृतिहरुको व्याख्या र नेपाली साहित्याकाशमा तिनको उपस्थितिबारे चर्चा गर्नुभयो । यसको प्रस्तोता लेखक प्रविण अधिकारी भए । हलमा भने संगीत श्रोताले उपेन्द्र सुब्बा, श्याम साह र सीमा आभाससँग बाहिर नदेखिएका र त्यति चर्चा नचल्ने विषयवस्तुबारे लेख्ने माध्यमका बारे छलफल गरेका थिए । आँगनको तेश्रो सत्रमा ‘संविधान र पहिचान’ विषयमा डा.पीताम्बर शर्मा, विपिन अधिकारी र सुरेन्द्र लाभले आफ्ना धारणा व्यक्त गरे । दिनेश प्रसाईँले सञ्चालन गरेको कार्यक्रममा  हलमा लेखकहरु रवि थापा, थोमस बेल र प्रणय राणाले आफ्ना पुस्तकमा काठमाडौँलाई परिवेशका रुपमा रोज्नुका कारणबारे छलफल गरे । त्यसपछिको सत्रमा कलाकार अनुप बराल र मिडियाकर्मी तथा लेखक विजय कुमारबिच टेलिभिजनदेखि साहित्य तथा लेखकीय उर्जा र सिर्जनासम्मका विषयमा कुराकानी भयो । हलमा भने त्यही बेला भारतीय लेखक इरा त्रिवेदी र नेपाली लेखक शिवानी न्यौपानेका बीचमा युवा पाठकलाई आकर्षित गर्ने सुत्रका बारे अन्तरक्रिया चल्यो । त्यसपछि हलमै ‘जातको कथा’ शीर्षक दिएको सत्रमा सामाजिक विश्लेषकहरु सञ्जीव पोखरेल र आहुतीबीच नेपालमा जातको संरचना र यसको अवस्थाबारे विचारोत्तेजक छलफल गरे । त्यही समयमा प्रांगणमा कलाकार दुर्गा बराल र कविहरु सरस्वती प्रतिक्षा र तीर्थ श्रेष्ठले पोखरेली युवा सांस्कृतिक परिवारको चार दशक र यसले पोखराको साहित्य एवं कलामा पारेको प्रभावबारे प्रकाश पारे । अन्तिम सत्रमा गायकहरु कर्णदास र विवेक श्रेष्ठले आफ्नै गाउँ फर्की आएँ” सत्रमा विदेशिँदाका दुःख र घर फर्कन पाउनुका आनन्दका बारे कुरा गर्नुका साथै सांगीतिक प्रस्तुति प्रस्तुत गरे । उक्त सत्रको प्रस्तुित पत्रकार नारायण अमृतले गरेका र्थिए । फेस्टिभल सोमबारसम्म चल्नेछ ।






Post a Comment

 
Top