0
राजाराम पौडेल
सहारा क्लवको आयोजनामा आज मंगलबारदेखि पोखरामा १४औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । पोखरा रङ्गशालामा हुने यस प्रतियोगिता हेर्नका लागि पोखरेली दर्शक निकै आतुर छन् । अन्य ठाउँको तुलनामा फुटबलको क्रेज बढी रहेको पोखरामा आइ आफ्नो खेल कौशल प्रदर्शन गर्न खेलाडीहरु समेत उत्साहित छन् । सहारा क्लवले वर्षेनी आयोजना गर्ने यो फुटबल प्रतियोगिता पुग्ने दर्शकको भिडलाई व्यवस्थापन गर्न आयोजकलाइ हम्मेहम्मे पर्ने गर्दछ । त्यसो त आहारारा गोल्डकपमा मात्र हैन पोखरामा सञ्चालन हुने हरेक फुटबल प्रतियोगितामा खेल शुरु हुनुभन्दा घण्टौं अगाडिबाट रङ्गशालामा दर्शकको भीड हुने गर्दछ । अन्य प्रतियोगिता भन्दा साहरा क्लव पोखराले आयोजना गर्ने आहा गोल्डकप प्रतियोगिता भने पृथक हुने गर्दछ । 
त्यसैले त मंगलबारदेखि पोखरा रंङ्गशालामा शुरु हुने मोफसलकै सर्वाधिक चर्चित फुटबल प्रतियोगिर्ता १४ औँ आहा ! रारा गोल्डकप’ हेर्न ठूलो संख्यामा पोखरेलीहरु पोखरा रङ्गशालामा पुग्ने पर्खाइमा छन् । पोखरामा सर्वत्र चर्चा यही प्रतियोगिताकै छ राष्ट्रिय सञ्चार माध्यमदेखि स्थानीय सञ्चार माध्यममा समेत यसैको चर्चा गर्न सुरु गरेका छन् । यसपालिको आहा!रारा गोल्डकपको उपाधि कुन टीमले उचाल्ला सर्वत्र यसबारेमा फुटबल प्रेमीहरुबीच चर्चा शुरु हुन थालिसकेको छ  ।

विगत १५ वर्षदेखि हरेक वर्ष हुने प्रतियोगितामा यसपाली लक्ष्मी हुण्डाई मनाङ्ग–मस्र्याङ्गदी क्लब, नेपाल पुलिस क्बल, रुसलान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, रमपम झापा ११, जाउलाखेल युथ क्लब, रहमदगञ्ज एमएफ सोसाईटी, बंगलादेश, नव जन जागृति युवा क्लब, ईन्डियन आर्मी गोर्खा व्रिगेट टीम, युनाईटेड सिक्किम एफ.सी. भारत र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् । वि.स.२०५८ मा क्याराभान गोल्डकपको रुपमा खेलाईएको यस प्रतियोगिता त्यस पछाडि लगातार १० वर्षसम्म आहा गोल्डकपका नाममा खेलाईएको थियो । गत तीन वर्ष देखि आहारारा गोल्डकपका नाममा खेलाइन लागेको प्रतियोगिता माघ १६ गतेसम्म चल्नेछ । मंगलबारको उद्घाटन खेलमा आयोजक सहारा क्लवले सिमराको नव जनजागृति क्लवसँग प्रतिष्पर्धा गर्नेछ ।

खेलकुदको विकासमा सहकार्य गरौ पोखरालाई खेलकुद पर्यटन सहरुको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगीतामा विजेता टीमले ५ लाख १ हजार १ रुपैयाँ शिल्ड मेडल, ट्रफी र प्रमाणपत्र, उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँ शिल्ड मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, फेयर प्ले लगायतका पुरस्कार वितरण हुनेछ । २०५८ सालको क्याराभान गोल्ड कपको नाममा पहिलोपटक खेलाईएको प्रतियोगीताको उपाधि नेपाल पुलिस क्लवले जितेको थियो  । नेपाल पुलिस क्लवले वि.स. २०५९, २०६४, २०६५, २०६६ र २०६७ को उपाधि समेत आफ्नो पोल्टामा पारेको थियो । थ्रीस्टार क्लवले वि.स. २०६३, २०६९ र गत वर्षको उपाधि जितेको थियो । लिग विजेता मनाङले वि.स.२०६०, २०६१ र २०६८ को आहा गोल्डकपको उपाधि चुमेको थियो । त्यस्तै वि.स.२०६२ को विजेता टीम अफ्रिकन युनाइटेड क्लव हो । वि.स.२०७० को उपाधि आयोजक सहारा क्लवले नै जितेको थियो । १२ दिनसम्म पोखरा रङ्गशालामा हुने यस प्रतियोगिताले खेलकुदको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग गरी पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गर्ने सहारा क्लवले विश्वास लिएको क्लवका महासचिव केशवराज बरालको भनाइ छ । सहारा एकेडेमी सहयोगार्थ सञ्चालन हुने प्रतियोगीताबाट बचत भएको रकम एकेडेमी सञ्चालनमा खर्च गरिने बरालले बताए ।
















Post a Comment

 
Top