0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लायन्स क्लव अफ पोखरा लालिगुराँसद्वारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि किशोर बरालले पहिलो रक्तदाता उमेश उद्यामीलाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि बरालले हरेक स्वास्थ्व व्यक्तिले तीन–तीन महिनमा रगत दिनुपर्ने बताए । सरल नमूना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक लायन्स क्लव पोखरा लालिगुराँसका रेशम सापकोटा, द्वितीय उपाध्यक्ष अनन्तप्रसाद अधिकारी, सहकारीका संस्थापक अध्यक्ष भरतप्रसाद तिवारी लगायतले रक्तदानको महत्ववारे बोलेका थिए । पोखराको चिप्लेढुङ्गामा अवस्थित सरल नमुना सहकारीको ३ सय ५० जना शेयर सदस्य छन् भने करिव २ करोड पुँजी रहेको प्रबन्धक डिल्लीराम पौडेलले जानकारी दिए। सहकारीको कास्की जिल्लाभर कार्य क्षेत्र रहेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


Post a Comment

 
Top