0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंह चौरमा  पोखरा महोत्सव सातांै दिन पनि जारी रहेको छ । महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ भने कारोबारमा समेत दिन प्रतिदिन बृद्धि हुँदै गइरहेको छ । महोत्सवको सातौं दिन १५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने १ करोड ५० लाखको कारोवार भएको महोत्सवका प्रचार–प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । 

विषम परिस्थितिका बावजुद पनि महोत्सवको आयोजना गरिएको र महोत्सवमा दर्शकहरु उल्लेखनीय सहभागिताले आफूहरुमा हौसला बढेको समेत प्रचार–प्रसार संयोजक गुरुङले जानकारी दिए । महोत्सवमा २ सय भन्दा बढी स्टल रहेको र प्रत्येक स्टलको कारोबार राम्रो भएकोले कारोबारमा बृद्धि आएको अर्थ तथा स्टल उप समितीका संयोजक राजु श्रेष्ठले वताए । महोत्सवमा बुधवार लोकगायक पशुपति शर्माले उपस्थित दर्शकहरुलाई लोकदोहोरी मार्फत मनोरञ्जन प्रदान गरेका थिएभने पोखरेली माग्नेबुढा र धुर्मुसले हास्यब्यङ्ग्य प्रहसन मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेको महोत्सवका कलाकार ब्यवस्थापन समितिका संयोजक लोक बहादुर थापाले जानकारी दिए । महोत्सवमा बिहीबार लोकदोहोरीतर्फ बद्री पंगेनी, चोलेन्द्र पौडेल, जीवन दाहाल, सुरेन्द्र गुरुङ, पार्वती जिसी, केशव दाहाल र चन्द्रा कार्कीको प्रस्तुति रहनुका साथै लाभइ पप ब्याण्ड तर्फ नाइन्टीन सेभेन्टी फोर ए डी द न्यू लाइन अफको प्रस्तुति रहने समेत संयोजक थापाले जानकारी दिए। महोत्सव माघ १० गतेसम्मा संचालन हुने आयोजकले जनाएको छ ।

Post a Comment

 
Top