0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रस पोखरा वडा इकाइ समिति–३ ले इकाई अधिवेशनको अवसरमा बिहीबार विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा इकाइका पूर्व इकाई सभापति र पूर्व वडा अध्यक्षहरु रहेका छन् ।   उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसको तर्फबाट सभासद भएकी सारदा पौडेल र काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा केही व्यक्तिहरुको भने उपस्थिति थिएन । सम्मानित हुनेहरुमा अग्रजहरु केशवराज पराजुली, रामलाल बाटाजु, तेजनाथ घिमिरे,नारायण उदास, कृष्ण उदास, प्रकाश घिमिरे,,प्रकाश उदास, रामकाजी श्रेष्ठ र दिवंगत भएका धीरबहादुर गुरुङ, चन्द्रकान्त पौडेल (गोरखापत्र बाजे) गोपालध्वज श्रेष्ठ र गणेश परियार रहेका छन् । उनीहरुले नेपाली काँग्रेसको संगठन बिस्तारमा दिएको योगदानको कदर गर्दै सम्मानित गरिएको इकाई सभापति रवीन्द्रबहादुर प्रजुले बताए । कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य उमेशराज पराजुली, क्षेत्रीय प्रतिनिधी मधुशुधन पौडेल,, जिता बराल, कृष्णबहादुर बैद्य, तरुण दल कास्कीका सभापति महेन्द्र पुन, भूतपूर्व सैनिक संयोजक भुपालजंग कुँवर, नगर सदस्य रविन कायस्थलगायतको उपस्थिति रहेको थियो ।अधिवेशनमा सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो भने कार्यक्रममा सभासद सारदा पौडेल, र, काँग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य   शुक्रराज शर्मा, पूर्व सभासद कृष्णकुमारी परियार,महिला संघ इकाइ सभापति लक्ष्मी पराजुली, काँग्रेस पोखरा नगर सभापतिका उम्मेदवार कृष्ण कार्की र बजिरमान श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेको इकाई सचिव शान्तिदेवि पराजुलीले जनाइन् ।

Post a Comment

 
Top