0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सिटीले गोरखाको विकट गाँउ बुङ्गकोट–९, स्थित श्री रामेश्वरी माध्यमिक विद्यालयका तीन सय जना विद्यार्थिलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । स्कुलको प्राङगणमा आयोजित कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरुले उक्त कपडा तथा स्टेशनरी सामाग्री वितरण गरेका हुन् । गत बैशाख १२ गते आएको भूकम्पमा उक्त विद्यालयको भवन क्षतिग्रस्त भएको थियो । स्कुल व्यवस्थापन समितिका अध्यक्ष कुष्णप्रसाद अम्गाइको प्रमुख आतिथ्य तथा क्लवका अध्यक्ष लायन रुद्रबहादुर के.सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाँउका सर्वसाधरण तथा सामाजिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । स्कुलका प्रधानाध्यापक नन्दलाल भट्टले उक्त कार्यक्रममा स्वगत मन्तव्य राख्दै निस्वार्थ भावनाले ओतप्रोत भएर गरीव तथा विपन्न वर्गका वालवालिका अध्यानरत स्कुलमा आएर सहयोग गर्नु ज्यदै उदारणीय काम रहेको बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद अम्गाइले प्रकृतिक विपत्तिमा परेर घरविहिन अवस्थामा रहेर पनि शिक्षा आर्जन गर्न तल्लीन बालबलिकहरुलाई यस्ता कार्यक्रमले थप उर्जा दिनेछ भन्दै यस क्लव प्रति आभार व्यक्त गरेका थिए ।  क्लबका स्पर्टोस डाइरेक्टर लायन प्रेमबहादुर क्षेत्रीले संयोजन गरेका उक्त कार्यक्रममा सो ठाँउसम्म पुगेर सहयोग वितरण गर्ने काममा चाँजोपाँजो उक्त गाँउका स्थानिय रोलक श्रेष्ठले मिलाएको क्लवका सचिव लोकबहादुर कुँवरले बर्ताए।



Post a Comment

 
Top