0
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले यात्रुसँग बढी भाडा अशुलेको गुनासो आएपछि एउटा सार्वजनिक वसलाई सोमवार नियन्त्रणमा लिएको छ । लम्जुङको वेसीसहरबाट पोखरा आउँदै गरेको बा३ख १८२६ नम्वरको यात्रुवाहक वसले यात्रुसँग वढी भाडा लिएको गुनासो आएपछि सो वसलाई नियन्त्रणमा लिएको हो । लम्जुङको वेसीसहरवाट पोखरासम्मको भाडा प्रतिव्यक्ति ३ सय रुपैयाँ भएपनि बसका कन्डक्टरले प्रति यात्रु ७ सय रुपैयाँका दरले भाडा उठाएका थिए । बसमा सवार यात्रुवाट प्रतियात्रु ७ सयका दरले भाडा उठाएपछि यात्रुहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा खबर गरेका थिए । यात्रुको गुनासो पछि कार्यालयले सो गाडी पोखरावाट नियन्त्रणमा लिएको हो । ट्राफिक कार्यालयको नियन्त्रणमा रहेको सो  गाडीलाई मंगलवार आवश्यक कारवाही गरिने प्रहरी नायव निरीक्षक शिव थापाले जानकारी दिए । गाडीलाई उपभोक्ता ठगी महल अनुसार कार्वाही हुने बताईएको छ । यसैगरी विद्यार्थी सहुलियत नदिने पोखराका पाँचवटा नगरबसलाई पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सोमबार कारवाही गरेको छ । विद्यार्थीलाई नगरवसले छुट नदिएको भन्दै विद्यार्थीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोल फ्रि नं १०३ मा गुनासो गरेपछि ती नगरवसलाई कार्वाही गरिएको हो ।  पोखरा वस व्यवसायी समितिका अध्यक्ष रमेश गिरीले केही दिन अगाडि सरकारले नगरवसहरुलाई सरकारले तोकेको भाडा लिन र विद्यार्थीलाई सहुलियत दिन अग्रह सहितको  निर्देशन दिएपनि पोखरा नगरमा चल्ने केही सवारी साधनले अझै यात्रुसँग वढी भाडा लिने र  विद्यार्थीलाई सहुलियत नदिने गरेको पाईएको छ । यसैगरी पोखरामा सोमवार नै मापसे गरी सवारी साधन चलाउने १० जना चालकलाई जनही १ हजार रुपैयाँ जरिवाना गराएर प्रशिक्षण पश्चात छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ट्राफिकको विशेष अप्रेशन अन्तर्गत गरिएको चेकिङ मार्फत ८१ सवारी साधनमाथि कारवाही गर्दा ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी नायव निरीक्षक थापाले जानकारी दिए ।
(स्रोत ः छुस्के डटकम)

Post a Comment

 
Top