0
पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडि जयनारायण चौधरीले पोखरामा निर्माणाधिन क्षेत्रीयस्तरको भलिबल प्रशिक्षण केन्द्रका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । कास्की जिल्ला भलिबल संघले मंगलबार आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा चौधरीले कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीलाई १ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेका हन् ।
 कार्यक्रममा बुल्समेन पोखराको तर्फबाट अध्यक्ष नुना गुरुङले १० हजार रुपैयाँ हस्तान्तरण गरे । रकम हस्तान्तरणपछि बोल्दै चौधरीले भलिबल खेलको नेपालको खस्कदो अवस्थाले दुःखी बनाएको बताउदै पोखरामा प्रशिक्षण केन्द्र बन्न लागेकोमा केही गरौ भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताए। ‘भलिबल खस्केको देख्दा दुःख लाग्यो, भलिबलका लागि आवश्यक पूर्वाधार निर्माण गर्नसके नयाँ खेलाडी उत्पादन गर्न सकिन्छ भन्ने लागेर सहयोग गरेको हुँ’–उनले भने । इटहरीमा जन्मिुएका उनी  विगत २० वर्षदेखि हङकङमा बस्दै आएका छन् । उनले भलिबल खेलका लागि हङकङ आवश्यक सामाग्री उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गदै केन्द्रका लागि रकम संकलन समेत गर्ने बताए । रकम हस्तान्तरण कार्यक्रमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले प्रशिक्षण केन्द्र निर्माणले भलिबल खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै राखेपबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पूर्वाधार, प्रशिक्षण प्रतियोगिता विना पदकको आशा गर्न नसकिने बताउदै भलिबलका लागी प्रशिक्षणका केन्द्र निर्माणले गुमेको साखलाई फकाउने विश्वास ब्यक्त गरे । कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले प्रशिक्षण केन्द्र सवै खेलप्रेमीको भएकाले सहयोगको लागि आग्रह गरे । ‘यो भलिबल संघको मात्रै हैन सवै खेलप्रेमीको हो, स्वदेश तथा विदेशमा रहेका नेपालीको आर्थिक सहयोगको आवश्यक छ’ पराजुलीले भने । कार्यक्रम संघ कास्कीका अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको थियो भने स्वागत कोषाध्यक्ष सुनिता गुरुङ र संचालन सह–सचिव शेषकान्त शर्माले गरेका थिए ।





Post a Comment

 
Top