0
गोल्डेन न्यूज संवाददाता
भारतमा आयोजना हुने १२ औं सागमा जाने ह्याण्डवल खेलाडी तथा प्रशिक्षकहरुलाई मंगलवार पोखरामा शुभकामना प्रदान गरि हौसला प्रदान गरिएको छ । नेपाल ह्याण्डवल संघको आयोजनामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा गैर आवासीय यूके का अध्यक्ष मुछेत्र गुरुङ्गले कार्यक्रममा खेलाडीहरु हौसला अभिवृद्धि गर्न नगद १० हजार प्रदान गरे । उनले सो अवसरमा नेपाली खेलाडीहरुलाई हौसाला प्रदान गर्न एनआरएन युकेले नेपाल आलोम्पिक कमिटी संग सहकार्य गरेको जानकारी दिए । कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिले शंयुक्त स्पमा १५ हजार, एनआरएन युकेका सल्लाहकार महेश गुरुङ्गले १० हजार, तमु धि युकेका संस्थापक अध्यक्ष मिन गुरुङ्गले १० हजार, नेपाल भूतपूर्व खेलाडी मंचले १० हजार, ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडी ज्वाला थापाले १० हजार रुपैयाँ प्रदान गरे । यसैगरि वेलायतमा रहेका  एनआरएन .युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ्ग, भलिवलका पूर्व राष्ट्रिय खेलाडी एव प्रशिक्षक मञ्जु गुरुङ्ग, ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडी कमला गुरुङ्ग र ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडीले ह्याण्डवल खेलाडीको मनोवल उच्च राख्न वेलायतबाट सहयोगस्वरुप पठाएको खेलाडी पोशाक कार्यक्रममा वितरण गरिएको थियो । कार्यक्रममा वोल्दै ह्याण्डवल संघका अध्यक्ष तथा नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले १२औं सागमा ह्याण्डवल तर्फ मेडल प्राप्त गर्नेमा संघ आशावादी रहेको उल्लेख गर्दै सोही अनुरुप खेलाडीहरुको नियमित प्रशिक्षण उत्कृष्ट रुपमा भइरहेको बताए । कार्यक्रममा संघका सचिव केशव पाठक, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष यम गुरुङ्ग फ्रेन्च प्रशिक्षक लाउरेन्ट वाउडेट लगायतले बोलेका थिए । 
१२आंै साग तयारीका लागि नेपालको महिला तथा पुरुष टीम पुष २१ गते देखि पोखरामा वन्द प्रशिक्षणमा रहेका छन् । टीमलाई फ्रेन्च प्रशिक्षक लाउरेन्ट वाउडेट, प्रमुख प्रशिक्षक अरुणलाल कर्ण, वरिष्ठ प्रशिक्षक हिमाल दाहाल, प्रशिक्षक पर्वत गुरुङ्ग र प्रशिक्षक विन्दा कुमारी महाराजीले प्रशिक्षण गराइरहेका छन् । सागमा फ्रेवुअरी १२मा हुने ह्याण्डवल खेलका लागि फ्रेवुअरी ८ तारिखमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।




Post a Comment

 
Top