0
गोल्डेन न्यूज संवाददाता
जगदम्बा ट्राभल्स पोखराका अध्यक्ष एवं पर्यटन व्यवसायी केशवप्रसाद अधिकारीलाई ‘राष्ट्रिय नागरिक सम्मान’ प्रदान गरिने भएको छ । राष्ट्रिय नागरिक विकास समाज, शान्ति विकास अभियान नेपाल र नेपाल वेलफेयर फाउन्डेसनले आगामी शनिबार अधिकारीलाई सम्मान गर्ने कार्यक्रम छ । शान्ति र विकासप्रति समर्पित भई राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याएबापत अधिकारीलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक महेशजंग कुँवरले जानकारी दिए । काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा सम्मान कार्यक्रम आयोजना हुँदैछ । पर्यटन, शैक्षिक, निर्माण, कृषि, रोजगार, सामाजिक तथा आर्थिक विकास लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत अधिकारीलाई सम्मान गर्न लागिएको राष्ट्रिय नागरिक विकास समाजले जनाएको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरुलाई समाजले सम्मान गर्दै आएको छ । सामाजिक क्षेत्रमा अझ बढी योगदान पु¥याउनका लागि नागरिक सम्मान गर्ने खबरले थप प्रेरणा मिलेको अधिकारीले बताए ।







Post a Comment

 
Top