0
पोखराको रेडियो गण्डकीको अध्यक्षमा अग्नी प्रसाद कडेल चयन भएका छन् । गण्डकी सञ्चार गृहमा भएको एक कार्यक्रमका बीच कडेल अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा चयन भएपछि कडेलले उत्कृष्ट सञ्चार गृह बनाउनको लागि आफ्नो भूमिका केन्द्रीत हुने बताए । सामुदायिक रेडियोको भूमिका अझ बढी हुने भएकोले आफ्नो जिम्मेवारी कुशतापूर्वक निर्वाह गर्ने उनले बताए । नेपाल पर्यटन बोर्डका पूर्वकेन्द्रीय सदस्य समेत रहेका कडेल टेसा पोखराका पूर्वअध्यक्ष पनि हुन् । बाग्लुङ स्थायी घर भएका कडेल पोखरामा २० बर्ष देखि पर्यटन ब्यबसायमा संलग्न छन् । सामाजिक क्षेत्रमा क्रियाशिल कडेलले पोखरा पर्यटन पुनःजागरण समितिको प्रशासनिक संयोजक समेत रहेर काम गरेका छन् । उनी पोखरा पर्यटन परिषदको सल्लाहकार पनि हुन् । कार्यसमिति सदस्यमा चयन गोमा ढकालले सवैलाई धन्यबाद दिदै रेडियोलाई राम्रो बनाउने अभियानमा सवैको साथको अपेक्षा गरिन् । 
कार्यक्रममा गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थाका अध्यक्ष ज्ञान बहादुर कोइराला, प्रबन्ध निर्देशक लक्ष्मण गुरुङ, गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसी, संस्थाका सचिव लोक प्रसाद बञ्जरा, स्थानीय शान्ति समिति कास्कीका संयोजक रामजी बराल, रेडियोका स्टेशन म्यानेजर घनश्याम पाण्डेय, टेलिभिजनका स्टेशन म्यानेजर अपिल त्रिपाठी लगायतले अध्यक्ष कडेललाई बधाई दिदै कार्यसफलताको शुभकामना ब्यक्त गरेका थिए ।












Post a Comment

 
Top