0
गोल्डेन न्यूज संवाददाता
काठमाडौंबाट अवैध सुन लिएर बाग्लुङ जाँदै गरेकी एक महिला पोखरामा पक्राउ परेकी छिन् । 
६५ तोला ९२ लाल अवैध सुन सहित बाग्लुङ नगरपालिका ३ की ४० बर्षिय तृष्णा श्रेष्ठ पक्राउ विहिवार परेकी हुन् । अवैध सुन लिएर आउँदै गरेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पोखराको बुद्धचोकबाट नियन्त्रणमा लिएको हो । बाग्लुङको धौलागिरी चोकमा गणपति सुनचादी पसल सञ्चालन गर्ने उनले अबैध रुपमा सुन ओसार–पसार गर्ने गरेको प्रहरीले जनाएको छ । उनले प्रहरी समक्ष मकवानपुरबाट अर्को एक जनाले काठमाडांै ल्याएको र त्यहाबाट आफुले लिएर आएको बताएकी छिन् । उनलाई थप कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय वुटवल पठाईने प्रहरी निरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । उनी अहिले वडा प्रहरी कार्यालय रामबजारको हिरासतमा छिन् । कास्की प्रहरीले केही दिनअघि पनि काठमाडौंमा सुन चोर्ने र पोखरामा पनि सुन चोर्ने योजना बनाउनेहरुलाई १ किलो सुन सहित पक्राउ गरि सार्वजनिक गरेको थियो ।








Post a Comment

 
Top