0
कुनै पनि संघसंस्था उत्कृष्ट हुन नेतृत्व तह प्रभावकारी हुनुपर्नेमा जोड दिईएको छ । नेता उत्कृष्ट भएमात्र संस्थाले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने कार्यक्रमका वक्ताहरुले औंल्याए । पोखरा जेसीज वर्ष २०१६ को पहिलो शुक्रवासरिय प्रवचनमाला अन्तर्गत शुक्रबार सम्पन्न ‘उत्कृष्टताका लागि प्रभावकारी नेतृत्व’ भन्ने विषयमा चार वक्ताहरु उपाध्यक्षत्रय यज्ञपुरुष रिजाल, महेन्द्र सापकोटा र जेसी अनन्त प्रधानाङ्ग र सचिवालय व्यवस्थापन संयोजक शिव के.सी.ले वाककला प्रस्तुत गरे । प्रमुख अतिथि वर्ष २००२ का अध्यक्ष निरञ्जन श्रेष्ठले मानिसको व्यक्तित्व विकासको लागि चाहिने महत्वपूर्ण गुणहरुमध्ये वाक कला पनि भएको र आफ्ना विचारहरु स्पष्ट रुपमा राख्न सक्ने व्यक्तिनै सफल हुने बताए । साथै जेसीआई पोखरा र यस संस्थाका सदस्यहरुलार्ई समाजमा हेर्ने दृष्टिकोण सकारात्मक रहेको उनको भनाई थियो । पोखरा जेसीजका अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शुक्रवासरीय प्रवचनमाला कार्यक्रम संयोजक मोहन थापाले गरेको थिए । कार्यक्रममा ६० भन्दा बढि जेसीआई सदस्यहरुको उपस्थिती रहेको थियो । तालिमको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास गर्ने युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसीआईको पोखरा शाखाले सदस्यहरुको वाककलामा निखारपना ल्याउने उद्देश्यले सन् १९८४ देखि यो कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । जेसीआई पोखराले शुक्रवासरिय प्रवचनमाला कार्यक्रम लगायत समुदायलाई लक्षित गरि जेसीज विकइण्ड, स्वास्थ्य शिविर, युवा तथा महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्नको लागि मिस पोखरा जस्ता कार्यक्रमहरु गर्दै आईरहेको छ ।






Post a Comment

 
Top