0
बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्काको सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय स्टेडियममा बुधबार नेपाली समयअनुसार अपराह्न ३ल्१५ बजे नेपालले चिरपरिचित प्रतिद्वन्द्वी श्रीलङ्काको सामना गर्ने भएको हो ।
भारतमा हुने १२औं दक्षिण एशियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टोलीका लागि श्रीलङ्का विरुद्वको खेल निकै महत्वपूर्ण मानिएको छ। केही समयअघि भारतमा भएको साफ च्याम्पियनसीपमा फुटबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग १–० गोलअन्तरले पराजित भएको थियो । त्यतिबेलाको खेलमा श्रीलङ्कासँग भोगेको हारको बदलासमेत लिने नेपाललाई सुनौलो अवसर छ। यस्तै, यसअघि भएको पहिलो खेलमा भने नेपालले साविक विजेता मलेसियालाई १–१ गोलको बराबरीमा रोकेको थियो । समूह ‘ए’ मा रहेको नेपाल लिगको दोस्रो स्थानमा छ । नेपालले जारी प्रतियोगितामा एक अङ्क जोडेको छ भने चौथो स्थानमा रहेको श्रीलङ्का अङ्कविहीन छ । त्यसैगरी, समूह ‘ए’ अन्तर्गत नै रहेको बङ्गलादेश तीन अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने एक अङ्क जोडेको मलेसिया लिगको तेस्रो स्थानमा छ । प्रतियोगितामा समूह ‘बी’ मा रहेको माल्दिभ्स ३ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने बहराइन, बङ्गलादेशको २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम र कम्बोडिया क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । बहराइन र बङ्गलादेशले समान एक÷एक अङ्क जोडेका छन् भने कम्बोडिया अङ्कविहीन छ । प्रत्येक समूहमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । बुधबार नै हुने अर्को खेलमा बङ्गलादेश र मलेसिया आमने सामने हुँदैछन् । विभिन्न आठ टोलीले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको हो । रासस
किरण चेम्जोङ मनाङमा

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ आगामी सिजनका लागि लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दीमा आवद्ध भएका छन्। थ्रीस्टारसँगको ९ वर्षे यात्रामा पूर्ण बिराम लगाउँदै चेम्जोङ मंगलबार मनाङसँग सम्झौता गरेका हुन्। हालै सम्पन्न राष्ट्रिय लिगका उत्कृष्ट गोलरक्षक भएका चेम्जोङ र मनाङका अध्यक्ष जिम्मी गुरूङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। तर, उनलाई कति रकममा क्लवमा भित्राइएको भन्ने बारे कुनै जानकारी गराइएको छैन।






Post a Comment

 
Top