0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला तेक्वान्दो संघको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ्गले नियमित नभएका र झोलामा खेलकुद संस्था वोकेर हिंडनेहरुलाई कार्वाहीको दायरामा ल्याउन पहल गरिने वताए । उनले भने–‘केवल केन्द्रिय प्रतिनिधि बन्नका लागिमात्र झोलामा खेलकुद संस्था बोकेर हिंड्ने गरिएको छ ।  अव यी संस्थाहरु नियमन गर्न पहल हुनेछ ।” पदमा बसेर संस्थाको दुरपयोग गरेमा त्यस्ता संस्था खारेज गरिने भन्दै उनले यसका लागि आफूले राष्ट्रिय खेलकुद परिषदसंग समन्वय गर्ने चेतावनी दिए । अध्यक्ष गुरुङले तेक्वान्दो खेल विकासका लागि कास्कीमा टे«निङ्ग सेन्टर निर्माण गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाए । 
नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य मदन केसीले पोखरामा फागुन १५, १६ र १७ मा आयोजना हुने हानमादाङ्ग प्रतियोगिता सम्पन्न गर्न पोखरेलीहरुका लागि चुनौतीको विषय रहेकोले गम्भीर भएर आग्न आग्रह गरे । कार्यक्रममा कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्षले कास्कीमा विभिन्न प्रतियोगिताहरु आयोजना गरिने र हानमादाङ्ग प्रतियोगिताले यस क्षेत्रको पर्यटन र खेलकुद विकासमा महत्वपूर्ण योगदान दिने वताए । उनले कास्कीमा टे«निङ्ग सेन्टर निर्माण गर्न संघले पहल थालिसकेको र यसका लागि सवैलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला तेक्वान्दो संघका सल्लाहकारद्वय रत्नमान गुरुङ्ग, योगेन्द्र बस्नेत, नेपाल ह्याण्डवल संघका केन्द्रिय सचिव  केशव पाठक, संघका उपाध्यक्ष राजु श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा कास्की जिल्ला तेकवन्दो संघका सचिव राजन पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ललितबहादुर धामीले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।




Post a Comment

 
Top