0
गोल्डेन न्यूज संवाददाता
गृहिणीहरुलाई ग्याँसको अभाव भईरहेको बेला खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा प्रतियोगिका विजेतालाई ग्याँस सिलिन्डरनै पुरस्कार दिइएको छ । लायन्स क्लब अफ पोखरा चौतारीद्वारा आयोजित पारिवारिक मिलन समारोह एवम् खेलकुद कार्यक्रममा विजेता हुनेलाई संस्थाले गृहलक्ष्मीको सिलेन्डरनै पुरस्कार प्रदान गरेको हो । पारिवारिक जमगट क्लबले जोडी नृत्य कार्यक्रम राखेको थियो । १७ जोडी सहभागी रहेको सो कार्यक्रममा गृहलक्ष्मी ग्याँस सिलिन्डरनै पुरस्कार वापत प्राप्त गर्ने भाग्यमानी रहेका थिए राम बस्याल र भावना बस्याल । ग्याँस पुरस्कार पाए पछि सहभागीहरुले ग्याँस सिलिन्डरलाई माला लगाई मनोरञ्जन गरेका थिए । त्यसैगरी दोस्रो हुनेमा गोविन्द ढकालका जोडी रहेको थियो भने भिमसेन तिमिल्सिना र बन्दना तिमिल्सिनाको जोडी तेस्रो भएका थिए । त्यसैगरी सान्त्वनामा अशोक श्रेष्ठ, रामचन्द अधिकारी र सागर ऐर रहेका थिए । 

त्यसैगरी घैटो फुटाउनेतर्फ हरिहर सापकोटा प्रथम भए भने बालबालिका तर्फ सापकोटाकी छोरी आर्जु सापकोटा नै प्रथम हुन सफल भए । त्यसै गरी बच्चाहरुको म्युजिक चियरमा र्सिसा खड्का, सिर्जा पौडेल र श्वयम पौडेल क्रमश प्रथम, द्वितीय र तृतीय भए । त्यसै गरी महिलाहरु तर्फ मिलन बँस्याल, दुर्गा कुमारी पौडेल र कृष्ण कुमारी के.सी. क्रमशः प्रथम, द्वितीय र तृतीय भए । त्यसै गरी हालै सम्पन्न मिस पोखरामा सेकेण्ड रनरअप बन्न सफल लोचन बस्याललाई क्लबले बधाई एवम् सम्मान गरेको थियो ।  

विजयीहरुलाई लायन्स क्लब डिष्ट्रिक्ट गभर्नर धुव्र थापा, मिलन थापा, क्लबका अध्यक्ष विमल बस्याल र जोन चियर पंशन कृष्ण बहादुर अधिकारी डिष्ट्रिक एडभाइजर राम बस्याल, पि.आ.ओ. मोहनबाबु खड्का, कार्यक्रम संयोजक तेजबहादुर भट्टराई, भिमसेन तिमिल्सिना, पुरुषोत्तम पराजुली, हरिहर सापकोटा, पूर्व अध्यक्ष संजीव कोइराला, अर्जुन बन्जारा लगायतले बालेका थिए ।




Post a Comment

 
Top