0
लगातार नवौं पटकसम्म सञ्चालन भएर आर्थिक समस्याले पाँच बर्षदेखि स्थगित पोखरा म्याराथुनले यो बर्षदेखि पुनः निरन्तरता पाउने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी दशांै प्रतियोगिताक आगामी फागुन २२ गते सञ्चालन गर्ने जानकारी दिएको हो । प्रतियोगिता सञ्चालनका लागि लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्ने भएको छ । प्रयोजक विना पाँच बर्षदेखि रोकिएको यो प्रतियोगितालाई आगामी तीन बर्ष सम्मका लागि सफल दूधले प्रयोजन सम्झौता गरेको छ । मंगलवारनै सम्झौता पत्रमा हस्ताक्षर भयो । सुजल डेरीको तर्फबाट कार्यकारी प्रमुख सुनिल श्रेष्ठ र आयोजक भूतपूर्व खेलाडी मञ्चको तर्फबाट अध्यक्ष खड्ग बहादुर रानाभाटले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सुजल डेरीले आगामी तीन बर्षसम्म मञ्चलाई प्रतियोगिता सञ्चालनको लागि प्रति बर्ष १० लाख रुपैया उपलब्ध गराउनेछ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याथुन नाम दिईएको दशौ पटकमा ४२ किलोमिटर दौड बिजेतालाई ६० हजार, दोस्रोलाई ४०, तेस्रोलाई २५ र सान्त्वना स्वरुप चौथो हुनेलाई ४ हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । त्यस्तै बिद्यालयतर्फ छात्र ÷ छात्रा पाँच किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७, ५ र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी ह्विल चियर दौड पुरुष र महिला तर्फ पहिलो दोस्रो र तेस्रो हुनेले ३, २ र एक हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा भारत, चीन, जापान सहित नेपालका बिभिन्न स्थानबाट खेलाडीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।



Post a Comment

 
Top