0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका उप–प्रधानमन्त्री कमल थापालाई कास्की जिल्ला टेनिस संघले संरक्षकमा मनोनयन गरेको छ । बुधबार पोखरारंगशालामा आयोजित एक समारोहका बीच संघ कास्कीका अध्यक्ष विनोद कायस्थले थापालाई संरक्षकको ब्याज प्रदान गरे । उप–प्रधानमन्त्री थापाले पोखरा टेनिस कम्प्लेक्सको निरीक्षण समेत गरेका थिए । अवलोकन पश्चात आयोजित स्वागत समारोहमा बोल्दै उनले कास्की टेनिसको गतिविधिबाट आफू हर्षित भएको बताए । ‘पोखराले विगतमा टेनिसकाराम्रा खेलाडी उत्पादन गरेको हो, भविष्यमा पनि गर्ने छ भन्ने मलाई विश्वास छ’–थापाले भने । साथै उनले पोखरारंगशालाभित्र बन्दै गरेको टेनिस कम्प्लेक्सलाई सरकारी स्तरबाटै आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरे । टेनिस खेलाडी समेतरहेका थापाले पोखरामा टेनिस खेल्न समेत भ्याए । आफ्नैं ¥याकेट लिएर आएका थापाले दोर्जे लामार शक्ति शर्मासंग एक एक सेट खेले । थापाले लामालाई ६–० मा पराजित गरे भने पोखराका युवा खेलाडी शक्तिले थापालाई ६–१ मा पराजित गरेका थिए ।
यसैबीच कास्की जिल्ला टेनिस संघको अधिवेशन आउँदो फाल्गुन ७ गते हुने भएको छ । संघ कास्कीको कार्यालय पोखरा रंगशालामा बुधबार नै बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा भर्खरै पोखरामा सम्पन्न १३ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको समिक्षा पनि गरिएको थियो । बैठकमा विभिन्न उपसमितिमा रहेका संयोजकहरु बसन्त प्रधान,राजन पौडेल, रितु गुरुङ्ग, विकास गुरुङ्ग,राजु गुरुङ्ग, नविन चालिसे लगायतले आ–आफ्नों प्रतिवेदन प्रस्तुत गरेका थिए ।











Post a Comment

 
Top