0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा पक्ष विपक्ष दुवैलाई आफूले मिलाएर लैजाने बताएका छन्। नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको दुई दिने प्रशिक्षण कार्यक्रमको बिहीवार समापन गर्दै उनले पार्टीभित्रको निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले जित्नेले हार्नेलाई लिएर र हार्नेले जित्नेलाई साथ दिएर अघि बढ्नुपर्ने बताएका हुन्। पार्टीभित्रको पक्ष विपक्षलाई गुटबन्दी भन्न नमिल्ने उल्लेख गर्दै उनले पार्टीलाई एकजुट बनाउने मुख्य जिम्मेवारी जित्नेको हुने बताए। पार्टीमा पक्ष र विपक्षको सन्तुलन भएमा सङ्गठन बलियो बन्ने उनो भनाइ छ ।  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद कमला पन्तले पार्टी निर्वाचनमुखी नबनी नीति र कार्यक्रममुखी हुनुपर्ने बताइन्। केन्द्रीय सदस्य एवम् सांसद अर्जुन जोशीले पार्टीमा कार्यकर्ताको सही मूल्याङ्कन नहुँदासम्म पार्टी सङ्गठन सबल बन्न नसक्ने उल्लेख गरे।   केन्द्रीय सदस्य एवम् सांसद रत्ना शेरचनले संविधान जारी भइसकेपछिका चुनौतीलाई सामना गर्न काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

Post a Comment

 
Top