0
हरि पन्त÷गोल्डेन न्यूज
शनिबार बिहान कालिका प्mयुल स्टेशनमा पेट्रोल भर्न लाइन बसेका पत्रकारहरुबीच ठूलै चर्चा भयो ‘आहारारा गोल्डकप’ को । चर्चा हुनु स्वभाविक थियो किनकि मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिताको फाइनल खेल हुँदैछ पोखरामा । त्यसक्रममा केही पत्रकारले आर्मी बलियो टीम छ, पावर गेम खेल्छ, यसपटकको उपाधि आर्मीले नै जित्छ भन्दै थिए भने केही पत्रकार मनाङ पनि कमजोर कहाँ छ र ? टेक्निकल गेम खेल्छ, घरेलु दर्शकले पनि साथ दिन्छन्, यसपटक पनि मनाङले नै उपाधि जित्छ भन्दै थिए । त्यसोत पोखरामा जारी लिटरेचल फेष्टिभलमा पनि यस बारेमा चर्चा नभएको होइन, कसैले मनाङको समर्थन गर्दथे भने कसैले आर्मीको । अझ रङ्गशालामा पुगेका पत्रकारहरु ले आआफ्नै टीमको समर्थन गर्दै ‘बाजी राखौं न’ भन्दै थिए भने खेल हेर्न हजारौं दर्शक रङ्गशाला पुगेका थिए । दशर्कको उच्च सहभागिता ले आयोजक सहाराका पदाधिकारी समेत निकै हर्षित थिए, आफ्नो टीम फाइनलमा पुग्न नसकेपनि उनीहरुमा कत्तिपनि निराशा थिएन । दर्शकले रङ्गशाला पुरै रङ्गीविरङ्गी र आयोजकको सजावटले आकर्षक बनेको थियो भने कम्पाउण्ड बाहिर सवारी साधन भरिभराउ थियो । बस्ने ठाउँको कमिले पत्रकार पनि भुइँमै बसेर रिर्पोटिङ गर्दै थिए । यस्तैमा खेल शुरु भयो २ः२० बजे । केही मिनेट दुवै तर्फबाट उत्कृष्ट प्रदर्शन र आकर्षक प्रहार पनि भयो । दुवै टीमको समर्थन गर्ने दर्शक कम थिएनन्, जब गोलपोष्ट नजिक बल पुग्थ्यो तव दर्शकको हुटिङले  पोखरा रङ्गशाला खेल शुरु हुनुअघि उडाइएको बेलुन झैं उड्न खोजेको भान हुन्थ्यो । खेलको पहिलो हाफ दुवै टीमले गोलरहित खेले । दुवै टीमकातर्फबाट जुझारु खेल प्रदर्शन र धेरै पटक गोल गर्ने प्रयास भए तर सफल हुन सकेन । खेल शुरु भएको केही मिनेटमै आर्मीका टीम क्याप्टेल भरत खवासले मनाङका अफ्रिकन खेलाडीलाई घाइते बनाएपछि पहेंलो कार्डको सामना गरेका थिए । खेलको दोस्रो हाफ शुरु भएपछि पनि आर्मीले आफ्नो पावर गेमलाई कायमै राख्यो भने मनाङले पनि व्याक सर्पोटमा खेलाडी बढाउँदै केही सम्हालिएको खेल प्रस्तुत ग¥यो । आर्मी–मनाङबीचको खेल ५५–४५ को पोजिसनमा छ भन्नेहरु पनि थिए । 

खेलको ४९औं मिनेटमा मनाङ बाजी मार्न सफल भयो । मनाङका सुवास गुरुङ खेलको नायक बने । डिएरिया नजिकबाट खेलअवधिभर दर्शकको नजरमा पर्न सफल सुजल श्रेष्ठले दिएको पासमा सुवासले सिधै गोल गरिदिए । उनै सुवासको १ गोल नै मनाङलाई आहारारा गोल्डकपमा चौथो पटक उपाधि उचाल्न सफल बनायो । विजेता मनाङले ५ लाख १ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पा¥यो । यसपटकको उपाधि उचालेर इतिहास रच्ने उद्देश्यका साथ मैदान उत्रिएको आर्मीले उप–विजेतामै चित्त बुझाउनु प¥यो । आर्मीले २ लाख ५१ हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । आर्मीले २०६५ सालमा पनि उपविजेतामै चित्त बुझाउनु परेको थियो । मनाङले भने २०६०, २०६२ र २०६८ मा उपाधि उचालिसकेको थियो । खेलको ३२औँ मिनेटमा मनाङका विश्वास श्रेष्ठले डिएरियाबाट गरेको उत्कृष्ट प्रहार आर्मीका किपर सुजल श्रीवास्तबले विफल पारे भने ३८ औँ मिनेटमा कर्नर एरियाबाट अनिल गुरुङको क्रस पासमा पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न  ओलावाले चुके । उनले झापा विरुद्धको खेलमा ह्याट्रिक गरेका थिए तर फाइनलमा १ गोल गर्न पनि सकेनन् । उनले पाएका उत्कृष्ट ३ अवसरलाई सदुपयोग गर्न सकेनन् । उनले खेलको ५४ औँ र ५६औँ मिनेटमा सुन्दर अवसर पाएका थिए । 

यता आर्मीले पनि खेल सुरुभएको १६औँ मिनेटमा गोल गर्ने अवसर चुक्यो । कर्नरबाट टंक बस्नेतले दिएको पासलाई डिवक्समा पदम तामाङ गोल गर्न चुके । २५औँ मिनेटमा भरत खवासले डि एरिया नजिकबाट वान भर्सेज वानमा हानेको बल मनाङका किपर किरण चेम्जोङले विफल पारे ।  त्यस्तै खेलको ६८औँ मिनेटमा आर्मीका दीप लामाले हानेको कडा प्रहारलाई पनि मनाङका गोलरक्षक चेम्जोङले विफल तुल्याए भने ९०औँ मिनेटमा आर्मीका भरत खवासले डिवक्सबाट हाजेको कडा प्रहारलाई समेत मनाङका गोलरक्षक चेम्जोङले मुस्किलले बताए । खेलको म्यान अफ दी म्याच तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक उनै चेम्जोङ घोषित भए । चेम्जोङले हिरो स्कुटर प्राप्त गरे । उनले उत्कृष्ट गोलकिपरको उपाधि सहित नगद १५ हजार पनि हात पारे । मनाङका ओलावाले सर्वाधिक गोलकर्ता हुँदै २५ हजार र उत्कृष्ट मिडफिल्डर बन्दै १५ हजार रुपैयाँ नगद प्राप्त गरे । त्यस्तै हिरण्य मगर उत्कृष्ट डिफेन्स, दीप लामा स्ट्राईकर र मनाङका छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक घोषित हँुदै जनही १५ हजार रुपैया नगद प्राप्त गरेका थिए । प्रतियोगिताको अनुशासित टीम सहारा क्लब घोषित भयो ।






Post a Comment

 
Top