0
छैठौं पोखरा महोत्सवमा भरपर्दो सुरक्षा प्रदान गरिने कास्कीका सुरक्षा निकायका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् । महोत्सव आयोजक युनाइटेड क्लवले शुक्रबार आयोजना गरेको सुरक्षा सम्बन्धी छलफल कार्यक्रममा कास्कीका सुरक्षा निकायहरुले महोत्सवलाई सफल बनाउन सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै कास्कीका प्रहरी नायव उपरीक्षक गजुरसिद्धी बज्राचार्यले पोखरा महोत्सवलाई भरपर्दो सुरक्षा दिलाउन सबै सुरक्षा संयन्त्रहरुसंग सहकार्य गरेर अघि बढ्ने बताए । महोत्सव आयोजककोनै शान्ति अमनचयनमा मुख्य भूमिका रहने स्पष्ट पार्दैै उनले महोत्सवमा हुने अवान्छनीय गतिविधिलाई नियन्त्रण गर्दै महोत्सवमा महोत्सवलाई सुरक्षित बनाउन सबै रणनीति अपनाइने स्पष्ट पारे । सशस्त्र प्रहरी वल कालिका गण मालेपाटनका प्रहरी उपरीक्षक फडिन्द्र पौडेलले सशस्त्र प्रहरी वलले पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुलाई सहयोग गर्दै आइरहेको र पोखरा महोत्सवलाई पनि भरपर्दो सुरक्षा प्रदान गरिने बताए । साथै महोत्सवका लागि  आवश्यक पर्ने इन्धन समेत कालिका गणबाट उपलव्ध गराइने उनले प्रतिवद्धता जनाए । पोखरा महोत्सवका सुरक्षा ब्यवस्थापन संयोजक कृष्णबहादुर थापाले विगतका महोत्सवहरुमा कास्कीमा रहेका सबै सुरक्षा निकायले धेरै सहयोग गरेको स्मरण गर्दैै यसपटकको महोत्सवमा पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा क्लवका अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव युनाइटेड क्ल्वको मात्र नभइ पोखराकै पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आयोजना भएकाले त्यसमा सवैले आफ्नै महोत्सव ठानेर सहयोग गर्न आग्रह गरेका थिए ।

Post a Comment

 
Top