0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको आयोजनामा लेखनाथ नगरपालिका वडा नं १७ का वडा सेवा केन्द्र कालिकास्थान भरतपोखरीमा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले सबै नागरिकको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको रहेको साथै कास्की प्रहरी सम्पूर्ण कास्कीबासीको जिउधनको सुरक्षाका बिषयमा अत्यन्तै गम्भीर रहेको बताए। नागरिक बिना वर्दीका प्रहरी हुन भने प्रहरी वर्दी सहितका नागरिक भएको बताए। उनले समाजमा ब्याप्त विकृति विसंगति एवं अपराधजन्य क्रियाकलापहरुको बिरुद्ध हरेक नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका रहने हुंदा प्रहरीलाई स्थानीय जनसमुदायको सहयोग अपरिहार्य हुने स्पष्ट पारे । 
कुनैपनि प्रकारको हिंसा र डर त्रासमा नबसी स्थानीय जनसमुदाय, आमा समूहहरु, स्थानीय बुद्धिजीविहरु, संघ–संस्थाहरु, युवा क्लबहरु निराकरण र नियन्त्रणका लागि एकजुट भई अगाडि बढ्नुपर्ने र यसका लागि कास्की प्रहरी हातेमालो र सहकार्य गर्न संधै तत्पर रहेको उनले स्पष्ट पारे ।आफ्ना समस्याहरु गस्ती पेट्रोलिङमा रहेका प्रहरी कर्मचारी लगायत नजिकका प्रहरी युनिटहरुमा निरन्त्तर जानकारी गराउन आग्रह गरेका थिए । उनले स्थानीयवासीहरुले राखेका शान्ति सुरक्षा सम्बन्धी जिज्ञासाहरुको जवफ दिंदै लेखनाथ एरिया लगायत कास्की जिल्लामा भइरहेका गुण्डागर्दी नियन्त्रण कास्की प्रहरीको पहिलो प्राथमिकतामा रहेको बताए । 
अध्यक्ष विष्णुबहादुर भट्टराईले समाजमा ब्याप्त विकृति विसंगति बिरुद्ध सबै एकजुट भई लाग्नुपर्ने बताउँंदै सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की लगायत कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु  सहयोगीको रुपमा समाजमा रहेका विकृति विसंगति तथा अपराधिक क्रियाकलाप बिरुद्ध संघर्षरत रहेको बतास्पष्ट पारे । उनले स्थानीयस्तरमा लागूऔषध, घरेलु तथा महिला हिंसा जस्ता कुनै समस्याहरु भए सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्की तथा सामुदायिक सेवा केन्द्रहरु सहयोगको लागि सदैव तत्पर हरेको बताए । 
सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णुबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्य, संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, लेखनाथ नगरपालिका वडा नं. १६ र १७ का सचिव अम्बिका पौडेल, संस्थाका कोषाध्यक्ष सीता अधिकारी, वडा नं. १६ का नेपाली कांग्रेस भरतपोखरीका सोजराज अधिकारी, नेकपा एमालेका खगेश्वर अधिकारी, नेकपा माओबादीका मनोज प्रसाद अधिकारी, वडा १६ का नेपाली कांग्रेसका राम चन्द्र पौडेल, एमालेका भूमेश्वर आचार्य, नेकपा माओवादीका गोपाल पुन, सुनतारा युवा क्लब भरतपोखरीका अध्यक्ष भुपेन्द्र थापा, एकता मकस युवा क्लबका अध्यक्ष सन्देश पुन, जनजागरण निमाविका ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारी, वडा नागरिक मञ्च १६ का शंकरबहादुर अधिकारी र १७ का टंकराज आचार्य, लगायत स्थानियबासीहरु सामुदायिक प्रहरी कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा स्थानीय बासीहरुले शान्ति सुरक्षा सम्बन्धी आ–आफ्नो समस्या तथा सुझावहरु राखेका थिए । 
प्रथम उपाध्यक्ष ध्रुब बहादुर क्षेत्रीको स्वागत, लेखनाथ सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष दयाराथ तिवारीको शुभकामना मन्तब्य तथा द्वितीय उपाध्यक्ष सोमनात बाँस्तोलाले धन्यवाद ज्ञापन गरेका थिए। कार्य समिति सदस्य धन बहादुर वि.क.को संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव चक्रपाणि सुवेदीले गरेका थिए ।





Post a Comment

 
Top