0
गोल्डेन न्यूज संवाददाता
सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले केहि दिनभित्रै मुलुकले निकास पाउने विश्वास व्यक्त गरेका छन् । पोखरामा आयोजित छैठौँ जिसिईएस आईटी महोत्सवको उद्घाटन गर्दै मन्त्री राईले सरकार लचकताका साथ प्रस्तुत भएकाले छिट्टै नै समस्याको समाधान हुने बताए । आन्दोलित दलहरुसंग सरकारले पटक–पटक छलफल गर्दै आएको भन्दै उनले अब केहि दिनभित्र मुलुकले निकास प्राप्त गर्ने र मुलुक अघोषित नाकाबन्दीबाट मुक्त हुने स्पष्ट पारे । सबै मिलेर एउटै राष्ट्रिय एजेण्डामा केन्द्रित भएर संविधान रक्षा गर्नुु अहिलेको आवस्यकता भएको भन्दै मन्त्री राईले भूकम्पबाट क्षतविक्षत भएको मूलकको पुननिर्माणमा सरकार अघि बढ्ने बताए । मुलुक अब विकास निर्माणको चरणमा प्रवेश गरेकाले सरकारको मूख्य दायित्व संविधान कार्यान्वयन गर्नु रहेको उनले बताए । 
अबको एकमात्र एजेण्डा राष्ट्र निर्माण र आर्थिक विकास हो’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले भने–‘अब धनी सुखी र सम्पन्न नेपाल नेपाल निर्माण गर्ने यूगमा हामी प्रवेश गरेका छौँ, अबको एजेण्डा त्यो भन्दा अरु हुन सक्दैन।’ मन्त्री राईले सूचना प्रविधिको विकाशका लागि सरकार प्रतिवद्ध भएको दावी गर्दै विदेशिएका प्रविधिमा दक्ष नेपाली जनशक्तिलाई नेपालमा फिर्ता ल्याउने वातावरण तयार गरेर प्रविधिको विकास गर्ने स्पष्ट पारे । 

पोखरालाई डिजिटल सिटी बनाउन सम्भव रहेको भन्दै मन्त्री राईले सरकारसंग प्रस्ताव आएमा आँफूले पहल गर्ने विश्वास दिलाए। मन्त्री राईले संघीय संरचनामा गएको अवस्थामा सबै प्रदेशहरुमा सूचना प्रविधिको विकास गर्न आवश्यक रहेको बताए । नेपालमा बनेको सूचना प्रविधि नीतिलाई प्रभावकारी बनाएर लैजाने बताउँदै उनले विद्युतीय कारोबार ऐनको पालनामा सबैले सरकारलाई सहयोग गर्नुपर्ने खाचो औंल्याए । सो अवसरमा मन्त्री राईले कलेजका विद्यार्थीहरुले निर्माण गरेका विभिन्न सफ्टवेयर तथा आविष्कार सामाग्रीहरु अवलोकन समेत गरेका थिए । 

कार्यक्रममा बोल्दै सहायक क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले सूचना प्रविधिको विकाश गर्न सके संसार सुन्दर बन्ने स्पष्ट पारे । उक्त अवसरमा आईटीको क्षेत्रमा खोज अनुसन्धानमा पु¥याएको योगदानको कदर गर्दै डा.प्रमोद पराजुली र विद्युतीय साईकल निर्माण गरी कलेजको गरिमा बढाउन सफल विराज भण्डारीलाई दोशलाा र कदरपत्रले सम्मान गरिएको थियो । 
सूचना प्रविधिद्वारा एकवद्ध’ भन्ने मूल नाराका साथ गण्डकी कलेज अफ ईन्जिनियरिङ एण्ड साईन्सको आयोजनामा छैटौँ जिसिईएस आईटी महोत्सव शुरु भएको हो । पोखरालाई डिजिटल र स्मार्ट सिटी बनाउने अभियानका साथ महोत्सवको आयोजना गरिएको कलेजका प्राचार्य रविप्रसाद बरालले बताए । महोत्सवमा, राष्ट्रव्यापी सफ्टवेयर प्रतियोगिता, स्कूल स्तरीय वेव डिजाईन प्रतियोगिता, प्राविधिक विषयमा उच्चमावि स्तरीय निवन्धलेखन प्रतियोगिता, विभिन्न सफ्टवयरको प्रर्दशनी, टेक्निकल टक, लिनक्स बुट क्याम्प, उद्यमशीलता संग प्रविधिको सम्वधबारे अन्र्तक्रिया लगायतका कार्यक्रम आयोजना गरिएका छन् । यस्तै महोत्सवमा लाईभ म्यूजिक, डिजे सेशन, फूड फेष्टिबल, पिसी एण्ड आउटडोर गेम समेत समावेश छन् । विगतका वर्षजस्तै यस वर्षपनि महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब ४ लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सव आज शनिबार सम्पन्न हुँदैछ ।







Post a Comment

 
Top