0
गोल्डेन न्यूज संवाददाता
इनरह्वील क्लव अफ पोखरा मिडटाउनले पामे पहिरो पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । केही समय अघि फेवातालको सिरान पामेस्थित डुँडेको फाँट कास्कीमा गएको पहिरोमा परेका पीडित परिवारलाई क्लवले बुधवार सोही स्थानमा पुगी सिरक र कम्मल वितरण गरेको हो । राहत वितरण कार्यक्रममा क्लवका अध्यक्षलगायत उपस्थित सदस्यहरुले पीडित एक दर्जन परिवारलाई सो सिरक तथा कम्मल वितरण गरिएको थियो भने छ जना पीडित महिलालाई पछ्यौरा वितरण गरिएको सदस्य यशोदा बाँस्तोलाले जानकारी दिइन् ।  क्लवकी अध्यक्ष भक्ति गुरुङको सभापतित्वमा भएको राहत सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व अध्यक्ष विद्या गुरुङले क्लवले सञ्चालन गरेको सामाजिक कार्यको बारेमा चर्चा गरेकी थिइन् । कार्यक्रम क्लवकी सचिव पार्वती पाण्डेले सञ्चालन गरेकी थिइन् । क्लवका सदस्यहरुले आफ्नो खल्तीको पैसा सङ्कलन गरी विभिन्न समयमा सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आइरहेको क्लवकी अध्यक्ष गुरुङले बताइन् ।  






Post a Comment

 
Top