0
गोल्डेन न्यूज संवाददाता
प्रतिभामार्ग टोल विकास संस्था सिमलचौर पोखरा ८ को छैटौं अधिवेशन तथा ११औं साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराम शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिमा उपाध्यक्ष बलराम गिरी, सचिवमा पदम बस्ताकोटी, सहसचिवमा जमुना चालिसे, कोषाध्यक्षमा कालिका चापागाइँ, सदस्यहरुमा दीपकराज सिग्देल, पुष्पराज सिग्देल, इश्वरी चालिसे, उर्मिला भण्डारी, कुलमाया पौडेल क्षेत्री र विष्णु पोख्रेल निर्वाचित भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले यस टोल विकासको योजनाहरुमा आफूले सघाउने र यस प्रतिभामार्गकै आफू पनि एक सदस्य भएको नाताले थप जिम्मेवारी महसुस गरेको बताए ।
नेपाली काँग्रेसका नेता एवं पूर्व वडाध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले टोल विकास संस्था स्थानीय निकाय विहीन भएको अवस्थामा राज्यसँग सहकार्य गर्ने आधारभूत निकायको रुपमा कार्य गरेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष रोमनाथ बराल, लिटिलस्टेप उच्च माविका संस्थापक शेर बहादुर गुरुङ्ग, डायनामिक स्कूलका प्राचार्य लक्ष्मण पोख्रेल, नेका वडा इकाई ८ का सभापति टेकन गिरी, टोल विकास समिति समन्वय समिति वडा नं.८ का अध्यक्ष शारदा गिरी, पोखरा उपमहानगरपालिका वित्त अधिकृत सविता ढुङ्गाना, एमाओवाद वडा इकाई ८ का अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी लगायतले बोलेका थिए ।  
कार्यक्रममा २०७१ सालको एसएलसी परीक्षामा टोलबासीको छोराछोरीमध्येबाट अपिल पोख्रेल र छात्रा आशिकी शर्मालाई नगद सहित सम्मान गरिएको थियो । उक्त अवसरमा जेष्ठ नागरिक ७० वर्षमाथिका बृद्ध शिवनाथ पौडेल र पद्मादेवी पौडेललाई दोसल्ला सहित सम्मान, भर्खर स्थापित प्रतिभा बाल क्लवलाई सम्मानसहित डाइरी वितरण र कार्यक्रममा उत्कृष्ट सरसफाई गरेवापत टोलबासी दिल बहादुर गुरुङ्गलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष डिल्लीराज शर्माको अध्यक्षतामा बसेको उक्त सभामा स्वागत उपाध्यक्ष बलराम गिरीले गरेका थिए ।




Post a Comment

 
Top