0
गोल्डेन न्यूज संवाददाता
फागुन ५ देखि कास्कीको लेखनाथमा सुरु हुने लेखनाथ महोत्सबको तयारी तीब्र पारिएको छ । फागुन १६ गते सम्म लेखनाथ १ भण्डारढिकमा हुने महोत्सबको लागि कार्यसम्पादन समिति, उपसमिति, सल्लाहकार समिति र निर्देशक समिति गठन गरिएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवका लागि स्टल वुकिङ धमाधम भैरहेको छ । साथै आन्तरिक तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । यो बर्षको महोत्सवका आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी, रहेका छन भने थप आकर्षणमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान,खाना महोत्सव, म्युजिक कन्सर्ट, दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुति, रीतिरिवाज झल्कने सास्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, विभिन्न उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहने बताईएको छ ।
देशका विभिन्न जिल्लाहरुमा स्थानीय स्तरमा उत्पादित बस्तुको बजार प्रवद्र्धन साथै सोको पहिचान गर्ने, विभिन्न प्रविधिलाई थप टेवा पुर्याउने, कृषि जन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्ने, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने र स्वदेशी तथा बिदेशी बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषि जन्य, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने साथै आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सब सफल हुने विश्वास लिईएको छ ।














Post a Comment

 
Top